काठमाडौं । क्यान्सर र मृगौला पीडितको सहयोगार्थ लोकप्रिय गायक तुलसी पराजुलीले डेढ दर्जन गीतहरूसँगै एकल साँझ सम्पन्न गर्नुभएको छ । स्वास्थ्य र संगीतको संगम बनाउँदै गायक पराजुलीले डेढ दर्जन गीतहरूसँगै नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा एकल साँझमार्फत प्रस्तुत गर्नुभएको हो ।
चौबिसे समाज धनकुटाका अध्यक्ष दुर्गा मादी देवानको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष कार्यक्रम संयोजक गायक प्रकाश आचार्यले उपस्थित संगीतप्रेमी दर्शकहरूलाई स्वागत गर्नुभएको थियो । गायक पराजुलीको बारेमा प्रतिष्ठित गीतकार, निर्देशक एवं विशिष्ठ कलाकार लय संग्रौलाले शब्दचित्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन वरिष्ठ चिकित्सक एवं गीतकार भोला रिजाल र गायक पराजुलीकी ममतामयी माता टीकादेवी पराजुलीले संयुक्त रपमा पानसमा दीप बालेर गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा गायक पराजुलीको श्रीमती लुना सिटौला र छोरी एन्जोलिना पराजुलीको साथ रहनुभएको थियो ।
गायनमा तुलसी पराजुलीलाई गायिका प्रविशा अधिकारी, दीपा सुहाङ, खुशी थुलुङ साथ दिनुभएको थियो । कोरस अर्जुन आले मगर र उपेन लिम्बूले साथ दिनुभएको थियो । गायनमा कार्यक्रमको वाद्यवादन समूहको संयोजक गायक तथा संगीतकार अशोक राईले गर्नुभएको थियो । गायिका वाद्यवादन समूहमा अकोडियन शीला बहादुर मोक्तान, सारंगीमा भरत नेपाली, तबला भरत बुढाथोकी, ऋदम गीतारमा दीपक थापा, बेस गीतार देव चाम्लिङ, सहनाइ धनबहादुर गुरुङ, अक्टोप्याडमा शशी भूषण, मादलमा पोषण घर्ती र नरेश प्रजापति, ढोलक राम सुश्लीङ, भ्वाइलिन कोअर्डिनेटर र सेक्सोफोन मनोहर सुनाम, भ्वाइलिनमा रविन कार्की ढली, मोहनकृष्ण कार्की ढली, नारायणदास कार्की ढली, केशव सुनाम, विकासनाथ योगी, किशोर कार्की ढली, विनिता कार्की ढली, किबोर्डमा राहुल भुजेल, बाँसरी गोपालदेव घतानी रहनुभएको थियो ।
‘वीरपूर्खा’ राष्ट्रिय गीतबाट गायनको सुरुवात गर्नुभएका पराजुलीले ‘हेर्दाहेर्दै बाटो हरायो, आधा माया, छोडेर जानेको मायाले मा¥यो, लेकैमा चौंरी, लेकैमा फूल्यो, पाटनैको पातलो चिउरा, तमोर खोला बाढी आयो, पिरतीले जोगी बनायो, बैंशको सत्यनाश, दोमाना बजार, खोटाङ जिल्ला दिक्तेल बजार, अकाशैको कालो बादल, मुसुक्कै हाँस्ने, कान्छिको छाता’ लगायतका गीतहरू प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच