धादिङमा एसईई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको खनियाबास गाउँपालिकास्थित बच्छला मावि परीक्षा केन्द्रबाट एसईई परीक्षा दिई रहेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका धिरज जंग बस्नेतले परीक्षाको अनुगमन गर्ने क्रममा नक्कली परीक्षार्थी सञ्जय तामाङलाई पक्राउ गरिएको हो ।

बृचेत माध्यामिक विद्यालयका छात्र राज तामाङको सट्टा सन्जय तामाङले परीक्षा दिएका थिए ।

परीक्षा सुरु भएको १ घण्टा पछि तामाङलाई पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?