बैंक तथा वित्तीय संस्थाद्वारा सुरक्षा माग

Read Time = 2 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले बंैकिङ सेवाविरुद्ध अराजक गतिविधि गर्ने व्यक्ति तथा समूहलाई कारबाही गर्न माग गरेका छन् । कर्जा लिएर नतिर्न अराजक गतिविधि गर्ने व्यक्ति तथा समूहलाई कारबाही गर्न माग गरेका हुन् । सोमबार पूर्वीनेपालको इटहरी, सुनसरी तथा बिर्तामोड, झापास्थित केही बैंक, वित्त तथा लघुवित्त संस्थाको शाखामा कर्जा नतिर्ने ऋणीले शाखा सञ्चालनमा अवरोध गरेको बैंकर्स संघले जनाएको छ ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन र लघुवित्त बैंकर्स संघले संयुक्तरूपमा उक्त गतिविधिको विरोध गर्दै तत्काल कारबाही गर्न माग गरेका छन् । सेवा प्रवाहमा अवरोध पु¥याउने व्यक्तिहरूले बैंक वित्तीय संस्थाका कर्मचारीलाई धम्क्याएको ती संगठनहरूको दाबी छ । ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त सबैले बुझ्नुपर्ने भन्दै ती संगठनहरूले ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई शान्तिसुरक्षा कायम गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिदिन पनि माग गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?