नेपोलीमाथि मिलानको सान

Read Time = 2 mins

लण्डन । एसी मिलानले इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीमाथि चार-शून्यको सानदार जित हात पारेको छ । मिलानको जितमा राफायल लियोले दुई तथा ब्राहिम डियाज र एलेक्सिस साइलमेकर्सले समान एक गोल गर्नुभयो । खेलको १७औँ मिनेटमा राफायल लियोको गोलबाट मिलानले अग्रता लियो । २३औँ मिनेटमा ब्राहिम डियाजले अग्रता दोब्बर पार्नुभयो । ५९औँ मिनेटमा राफायल लियो सान्द्रोले तेस्रो र ६७औँ मिनेटमा एलेक्सिसले चौथो गोल गर्दै मिलानलाई चार-शून्यको सानदार जित दिलाउनुभयो ।

यस जितसँगै मिलान २८ खेलबाट ५१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित नेपोली ७१ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नेपोलीले शीर्षस्थानमा अझै १६ अंकको अग्रता कायम गरेको छ ।

यस्तै, फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) पनि लियोनसँग एक-शून्यले पराजित भएको छ । पिएसजीलाई हार चखाउन दोस्रो हाफमा ब्राडले बारकोलाले निर्णायक गोल गर्नुभएको थियो । जितसँगै लियोन २९ खेलबाट ४४ अंक जोडेर नवौँ स्थानमा उक्लिँदा पराजित पिएसजीले शीर्षस्थानमा आफ्नो अग्रता बढाउनबाट चुकेको छ । शीर्षस्थानमा रहेको पिएसजीको २९ खेलबाट ६६ अंक रहँदा दोस्रो स्थानको लेन्सभन्दा ६ अंकले अघि छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?