अख्तियारद्वारा वृद्धभत्ताको रकम हिनामिनाको आरोपमा वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा जाजरकोटको छोडागाड नगरपालिका-१२ का तत्कालीन वडा सचिव देवीलाल जैसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले आर्थिक वर्ष २०७५/०७६ को पहिलो, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नक्कली लाभग्राही खडा गरेर दुई लाख ७३ हजार ४०० रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ । उनीविरुद्ध सोही बराबरको बिगो कायम गरी कैद सजाय र जरिवाना गर्न अख्तियारले माग गरेको छ ।

सरकारी रकम हिनामिना गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले निज वडा सचिव देवीलाल जैसीलाई सोही बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐनको दफा ३ को उपदफा ९१० र उपदफा ९१० को खण्ड (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवाना तथा ऐनको दफा १७ बमोजिम हिनामिना गरेको रकम निजबाट असुलउपर गर्नसमेत मागदाबी लिइएको छ ।

यस्तै, अख्तियारले छेडागाड नगरपालिका-१२ कै वडा कार्यालयका प्रशासन सहायक रत्नबहादुर कार्कीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?