कुमारी मन्दिरको जिर्णोद्वार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिका-७ चावहिल मैजुवहालस्थित पौराणिक कुमारी मन्दिरको जिर्णोद्वार सम्पन्न भएको छ ।

उक्त मन्दिरको निर्माण गर्न काठमाडौं महानगरपालिका-७ कार्यालयबाट सात लाख र थप दश लाख गरि जम्मा सत्र लाख आर्थिक सहयोग प्राप्त भएको छ । यस्तै स्थानीयबासिन्दाले पनि नगद तथा जिन्सि सामान सहयोग गरेका थिए ।

मन्दिर निर्माण तथा जिर्णोद्वार कार्यको पहिलो चरण सम्पन्न गर्न उक्त वडाका अघिल्लो वडा अध्यक्ष शुहुकुमार डंगोल, वडा सदस्यहरू निर्मला पुडासैनी, कृष्णमणी भट्टराई, कृष्ण घिमिरे, चन्द्रकला सुन्दासले सहयोग गर्नुभएको थियो भने दोस्रो चरणको काम सम्पन्न गर्न वडाका हालका वडा अध्यक्ष विमलकुमार होडा, वडा सदस्यहरू रूपा थापा क्षेत्री, उज्ज्वल अर्याल, सुरेश शाही र कल्पना कलस सुन्दासले सहयोग गर्नुभएको थियो । उहाँहरूलाई मैजुवहालवासी तथा मैजुवहाल कल्याणकारी गुठीले शनिबार आयोजित कार्यक्रममा धन्यवाद दिएका थिए ।

मन्दिरमा शनिबार परम्पराअनुसार क्षमा पूजासमेत गरिएको थियो । ‘मैजुबहाल कल्याणकारी गुठी’को रेखदेखमा मन्दिर निर्माण कार्य सम्पन्न गरिएको थियो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
gautam bhandari
gautam bhandari
2023-07-08 4:58 pm

यश महान कार्यको लागि सहयोग पुर्‍याउने महानगरपलिका तथा वडा कार्यालयकापुरानो तथा नयाँ पदाधिकारीहरु र आयोजक कमिटी लगायत यस पबित्र कार्यमा सहयोग पुर्‍याउनुहाउने सम्पुर्ण चन्दाता भक्तजनहुरुमा मुरी मुरी धन्यवाद ।मैजुबहाल टोलसुधार उ समिति लाई विशेष धन्यवाद ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?