पाँचौं घोडेटार गोल्डकप फुटवलको तयारी हुँदै

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । जिल्लाको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा खुला पुरुष फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।

हतुवागढी खेलकुद विकास समितिको आयोजनामा पाँचौं घोडेटार गोल्डकप खुल्ला पुरुष फुटबल प्रतियोगिता संचालनका लागि तयारी थालिएको हो । हतुवागढी गाउँपालिकाको प्रायोजन तथा उद्योग वाणिज्य संघ घोडेटारको सहकार्यमा आगामी बैशाख ४ गतेबाट १० गतेसम्म प्रतियोगिता संचालन हुन लागेको हतुवागढी खेलकुद बिकास समितिले जनाएको छ ।

हतुवागढी गाउँपालिकाको मुख्य बजारमा रहेको सगरमाथा माविको खेल मैदानमा संचालन हुने प्रतियोगितामा बैशाख ३ गते सम्म टिम दर्ता गराई सक्नु पर्ने छ ।

आयोजकका अनुसार प्रतियोगितामा उपाधी विजेता टिमले नगद एक लाख १० हजार, उपविजेता टिमले नगद ५५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने तेस्रो हुने टिमले नगद २० हजार र सान्तवना हुने टिमले नगद १५ हजार साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ द म्याचको समेत व्यवस्था गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?