बाजुरा । घरको आर्थिक अबस्था कमजोर भएपछि खुट्टामा राखिएको रड निकाल्न समस्या भएको छ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ वाइका रोशन दमाईको आर्थिक अवस्था कमजोरका कारण उपचारमा समस्या भएको छ ।
घरको आर्थिक अवस्था निकै कमजोर र दयनीय भएपछि खुट्टामा राखिएको रड निकाल्न रोशनलाई समस्या भएको हो ।
करीब १४ महिना अगाडि गाउँमा फुटबल खेल्ने क्रममा उनको बायाँ खुट्टा भाचिए पछि साहुसँग डेढलाख ऋण लिएर उपचार गर्न नेपालगञ्ज लगेर खुट्टामा रड राखेको रोशनका बुवा कलिभान दमाईले बताउनुभयो ।
उहाँका अनुसार डाक्टरले रड निकाल्न ६ महिना पछि आउन भने पनि पहिला उपचार गरेको पैसा समेत तिर्न नसकेको र घरको आर्थिक अवस्था कमजोर भएपछि रड निकाल्न नसकिएको रोशनका बुवा कलिभानले गुनासो गर्नुभयो ।
६ जना परिवार रहेको दमाईको दैनिक गुजारा चलाउन ज्याला मजदुरी गर्नु पर्ने अवस्था छ । ‘नत कमाई खान एक मानो जग्गा नै छ’, ‘नत आफूले बनाएको घर जग्गा आफ्नो नाममा छ, लालपुर्जा समेत अर्कैको नाममा भएपछि उक्त ठाउँमा बस्न समेत अहिले आफूलाई निकै गाह्रो छ ।’ उहाँले भन्नुभयो ।
सरकारले भूमीहीनहरुलाई जग्गा उपलब्ध गराउने भने पनि अहिलेसम्म यसको अत्तोपत्तो छैन । अहिले रोशनको खुट्टामा राखिएको रड खुट्टाबाट बाहिर निस्किएपछि तत्कालै उपचार गर्नुपर्ने अवस्था देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच