चेल्सी र लिभरपुलले खेले गोलरहित बराबरी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् ।

गोलरहित बराबरी खेलेर चेल्सी र लिभरपुलले लिगमा एक अर्कमा अंक बाँडेका हुन् ।

स्टामफोर्ड ब्रिजमा मंगलबार राति प्रतिस्पर्धात्मक खेल भए पनि दुवै टोलीले गोलका लागि अवसर पाएपनि सदुपयोग गर्न सकेनन । अन्ततः खेल खेल बराबरीमा टुंगियो ।

यद्दपी, दोस्रो हाफको ५०औं मिनेटमा काई हाभर्टजले गोल गरेको पनि भिएआरबाट मान्यता नपाउँदा चेल्सी १–० को अग्रता लिनबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल अन्तत बराबरीमा टुंगियो ।

यस बराबरीसँगै लिभपुल २८ खेलबाट ४३ अंक जोडेर आठौं स्थानमा छ भने चेल्सी २९ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा यथावत छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?