चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेको उम्मेदवारी कायम

तस्बिर: दीपक बोहरा 

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।

लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो ।

लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै लामिछाने विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत २१ गते चार वटा उजुरी दर्ता भएको थिए ।

राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरी सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दर्ता गराउनु भएको थियो । साथै काठमाडौँबाट युवराज पौडेल (सफल) ले इमेलमार्फत एउटा उजुरी दर्ता गराउनु भएको थियो ।

लामिछानेको उमेदवारीविरुद्ध बुधबार ४ वटा उजुरी परेका थिए । सोमध्ये तीनवटा खारेज गरिएको छ भने युवराज पौडेल (सफल) ले दिएको उजुरीबारे लामिछानेसँग सात दिने स्पष्टीकरण माग गरेको छ ।

स्पष्टीकरणको जवाफ आएपछि निर्वाचन आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुनभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?