एनबिएससी क्रिकेट क्लब फाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी-२० प्रतियोगितामा एनबिएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसिसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबिएससी उपाधि नजिक पुगेको हो ।

वाइआरसिसीले उपाधिका लागि बिहीबार अन्तिम सेमिफाइनल खेल घरेलु टिम मिल्स क्रिकेट क्लब र एनसिसी नरपथगञ्ज बिहारबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

विराटनगर जुट मिलको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एनबिएससीले दिएको १९८ रनको लक्ष्य पछ्याएको वाइआरसिसीले १८.३ बलमा १० विकेट गुमाई १३५ रनमा सीमित भयो । जसमा वाइआरसिसीका श्रवण यादव र दिलिप नाथले समान २४-२४ रन बनाउनुभयो । हेमन्त धामीले १६ रनको योगदान दिनुभयो ।

बलिङमा एनबिएससीका विधान गोस्वामीले सर्वाधिक चार विकेट लिनुभयो । उहाँ खेलको म्यान अफ द म्याच पनि घोषित हुनुभयो । प्रशान्त कुमारले दुई विकेट र रञ्जित कुमारले एक विकेट लिनुभयो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एनबिएससीले निर्धातिर २० ओभरमा सात विकेट गुमाई १९७ रन बनाउनुभएको थियो । एनबिएससीका कुमार रनिसले ३५ रन, रञ्जित कुमारले ३४ रन बनाउनुभयो । युसुप नधिमले ३० रनको योगदान दिनुभयो । बलिङमा वाइआरसिसीका श्रवण यादव, रिहान खान र हेमन्त धामीले समान दुई-दुई विकेट लिनुभयो ।

यस्तै, अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर विजयी भएको छ । ओसिस क्रिकेट क्लब काठमाडांैलाई ४३ रनले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भई सेमिफाइनलमा पुगेको हो ।

विराटनगरले दिएको २४२ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाई १५८ रनमा सीमित भयो । जसमा ओसिसका सुमित श्रेष्ठले ४७ बलमा ९४ रनको अर्धशतकीय इनिङ खेल्दै अविजित रहनुभयो । सुजन थपलियाले २३ रन, सम्राट भुसालले २२ रनको योगदान दिनुभयो । मिल्स क्रिकेट क्लबका पवन सरापले २ विकेट, सुमित महर्जनले दुई विकेट, रुपेश सिंहले एक विकेट लिनुभयो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २४१ रन बनाएको थियो । मिल्सका सुमित महर्जनले ३० बलमा ७० रनको अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले ६ छक्का र सात चौका प्रहार गर्नुभएको थियो । पवन सरापले २५ बलमा ५० रनको योगदान दिनुभयो । अरुण एरीले ३७ रन बनाउँदै अविजित रहनुभयो ।

ओसिसका सुमित श्रेष्ठले तीन विकेट लिनुभयो । उहाँ खेलको म्यान अफ द म्याच घोषित हुनुभयो । दिपक चन्द, सहप आलमले समान दुई–दुई विकेट लिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?