पु्रडेन्सियल र आइएमईको विशेष साधारणसभा

Read Time = 3 mins

काठमाडौं । पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा अध्यक्ष विशाल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा अध्यक्ष अग्रवालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पुँजीसम्बन्धी प्राप्त निर्देशन मध्यनजर गरी प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स गाभ्ने/गाभिनेसम्बन्धी अन्तिम सम्झौता भई सोहीबमोजिम विशेष साधारणसभा बोलाइएको जानकारी गराउनुभयो ।

दुवै कम्पनीको गाभ्ने/गाभिने प्रारम्भिक सम्झौतापत्र तथा डिडिए रिपोर्टसमेतका आधारमा सेयर अनुपात क्रमशः एकःएक कायम गरी दुवै कम्पनी गाभिएपछि बन्ने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको चुक्ता पुँजी तीन अर्ब दुई करोड ९३ लाख ३४ हजार छ सय ३९ हुने र कम्पनीको अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानीय पहुँच, अनुभव, क्षमता बढीभन्दा बढी उपयोग गरी सातवटै प्रदेशमा रहने शाखा सञ्जाललगायत डिजिटल माध्यमबाट समेत उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले गाभ्ने÷गाभिने निर्णय गरिएको जानकारी गराउनुभयो ।

गाभिएपछि बन्ने कम्पनीको अधिकृत पुँजी पाँच अर्ब र चुक्ता पुँजी तीन अर्ब दुई करोड, शाखा सञ्जाल ८४, कर्मचारी संख्या पाँच सय १७ हुने तथा व्यवसायको आकार करिब चार अर्ब पुग्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी आइएमई जनरल इन्स्योेरेन्सको विशेष साधारणसभा पनि सोही दिन सम्पन्न भएको छ । विशेष साधारणसभामा अध्यक्ष हेमराज ढकालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पुँजीसम्बन्धी प्राप्त निर्देशनलाई मध्यनजर गरी आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स गााभ्ने÷गाभिनेसम्बन्धी अन्तिम सम्झौता भई सोहीबमोजिम विशेष साधारणसभा बोलाइएको जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?