वाइडेनको आरोपः अफगानिस्तानबाट अमेरिका सेना फिर्ता गर्ने तरिकामा ट्रम्प दोषी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेपछि अमेरिकी सेना फिर्ता गर्ने तरिकाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष लगाएको छ।

नयाँ रिपोर्टका अनुसार जो बाइडेन ट्रम्पले प्रशासनले लिएको सो निर्णयबाट खुसी थिएनन्। यसमा सन् २०२० मा तालिबानसँग युद्ध अन्त्यका लागि भएको सम्झौता पनि समावेश छ।

प्रतिवेदनमा भनिएको छ कि तालिबानले सत्ता ग्रहण गर्नुअघि नै सर्वसाधारणलाई बाहिर निकाल्ने काम सुरु गरिसक्नु पर्थ्यो। तर वाइडेन आए पछि बनाइएको सो प्रतिवेदनमा प्रतिक्रिया दिँदै ट्रम्पले भने बाइडेन प्रशासनले गलत सूचना फैलाइरहेको छ।

अगस्ट २०२१ मा अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेको थियो ।

अमेरिकाले १ लाख २० हजार भन्दा बढी मानिसहरूलाई तुरुन्तै अफगानिस्तानबाट निकाल्ने कार्य ग¥यो, सो क्रममा १३ अमेरिकी सैनिक र लगभग १ सय २० अफगान नागरिकहरूले ज्यान गुमाउनु परेको थियो ।

विदेश मन्त्रालय र पेन्टागनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयहरूको समीक्षा गरेका छन्। यो समीक्षा प्रतिवेदन गोप्य रुपमा संसदमा पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?