मिटरब्याज पीडितको आन्दोलनमा धरपकड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मिटरब्याजपीडितले शुुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि प्रदर्शन गरेका छन् ।

मिटरब्याजपीडित माथि प्रहरीले  धरपकड गरेको हाे ।

मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर उनीहरु प्रदर्शनमा उत्रिएका थिए । सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरिरहेकै बेला प्रहरीले उनीहरुलाई तितरवितर पार्न खोजेको थियो । अटेर गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् ।

विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?