सर्लाही । सर्लाहीको ३७ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये १५ वटा वडामा विजयी हुँदै नेपाली काँग्रेस पहिलो पार्टी बनेको छ ।
काँग्रेस जिल्लाको लालबन्दी नगरपालिकाको वडा नं ३ र ४, हरिवन नगरपालिकाको वडा नं १, २ र ४, हरिपूर्वा नगरपालिकाको वडा नं १ र ४, धनकौल गाउँपालिकाको वडा नं १ र २ मा बिजयी भएको छ ।
यस्तै, पर्सा गाउँपालिकाको वडा नं १, ब्रह्मपुरी गाउँपालिकाको वडा नं ६, मलङ्गवा नगरपालिकाको वडा नं १, बलरा नगरपालिकाको वडा नं १, चन्द्रनगर गाउँपालिकाको वडा नं १ र रामनगर गाउँपालिकाको वडा नं ६ मा नेपाली काँग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । जिल्लामा नौवटा वडामा जित हाँसिल गर्दै नेकपा माओवादी केन्द्र भने दोस्रो स्थानमा रहेको छ ।
माओवादी केन्द्रले बागमती नगरपालिकाको वडा नं १ र २, बलरा नगरपालिकाको वडा नं १० र ११, चक्रघट्टा गाउँपालिकाको वडा नं १, रामनगर गाउँपालिकाको वडा नं १, हरिपुर नगरपालिकाको वडा नं १ र वडा नं ३ र गोडैता नगरपालिकाको वडा नं १ मा बिजयी प्राप्त गरेको छ ।
त्यसैगरी, सर्लाहीमा नेकपा एमालेले पाँचवटा वडामा जित निकालेर तेस्रो स्थानमा छ । उसले हरिवन नगरपालिका वडा नं ३, हरिपुर नगरपालिका वडा नं २, ईश्वरपुर नगरपालिका वडा नं १, मलङ्गवा नगरपालिका वडा नं २ र धनकौल गाउँपालिका वडा नं ३ मा जित निकालेको छ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले समान तीन/तीन वटा वडामा बिजयी प्राप्त गरेका छन् । एकीकृत समाजवादीले हरिपुर नगरपालिका वडा नं ८ र ९ तथा पर्सा गाउँपालिका वडा नं २ र जसपाले हरिपूर्वा नगरपालिका वडा नं ३, विष्णु गाउँपालिका वडा नं ८ र बसबरिया गाउँपालिका वडा नं १ मा जित निकालेको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले भने गोडैता नगरपालिका वडा नं १२ र विष्णु गाउँपालिकाको वडा नं १ गरी दुईवटा वडामा बिजयी प्राप्त गरेको छ । देशभरमै सबैभन्दा बढी स्थानीय तह रहेको सर्लाहीमा १९ वटा पालिकाको मतगणना जारी छ ।
बरहथवा नगरपालिकामा भने मतगणना सुरु हुन सकेको छैन् । निर्वाचन आयोगले बरहथवा नगरपालिकाको वडा नं १७ मा पुनः मतदान गर्न निर्देशन दिएको छ । पर्सी मतदान भएपछि मात्रै मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालय बरहथवाले जनाएको छ । बरहथवामा पर्सी पुनः मतदान गर्ने आज बसेको सर्बदलिय बैठकले निर्णय गरेको निर्वाचन अधिकृत दशरथ पंगेनीले बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच