बानेश्वरमा फेरि आत्मदाहको प्रयास, प्रहरीले जोगायो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि एक जनाले फेरि आत्मदाहको प्रयास गरेका छन्। पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका ती व्यक्तिलाई प्रहरीले उद्दार गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार आत्मदाहको प्रयास गर्नेमा ५३ वर्षका विवाहित पुरुष रहेका छन्। उद्दार गरेर अहिले उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए । उनलाई प्रहरीले बचाएर प्रकाउ गरेको छ । आत्मदाहको प्रयास गर्ने उनको पहिचान खुलिनसकेको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार युवकले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए। सोही बेला प्रहरीले ती व्यक्तिलाई उद्दार गरेको हो ।

यसअघि केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?