कर्मप्रति सचेत रहनुु मानवीय चेतना हो । मानिस नै कर्मप्रति र आफ्नो कर्तव्यप्रति सदा सचेत रहने प्राणी हो । संसारका सबै प्राणी कर्मप्रति सचेत हुुँदैनन् । उनीहरूको मूल उद्देश्य जेनतेन जीवन निर्वाह रहेको हुन्छ । जीवनलाई जसोतसो चलाउनुु र जीवनमार्गमा आइपरेका समस्यासित मूलरूपमा पैठाजोरी खेल्न नसक्नुु अन्य प्राणीको जीवनमार्ग हो । मानिसभन्दा अन्य प्राणीले जीवनसित होइन बाँच्नुुसित संघर्ष गरिरहेको हुुन्छ । मानिस ती प्राणीभन्दा भिन्न प्रकृतिको हुन्छ । ऊ जीवनमार्गलाई कर्मका माध्यमबाट गतिशील बनाएर आफूलाई ताजा राख्ने प्रयासमा रहेको हुन्छ । त्यसैले मानिसका लागि कर्मको मार्ग नै उत्तम मानिएको हुन्छ । कर्मप्रतिको विचलनले मानिसलाई गलत सावित गरेको हुन्छ ।
गतहप्तामा वानप्रस्थी बन्न चाहेका युुधिष्ठिरलाई अर्जुुनले धनका माध्यमबाट जीवनलाई सफल बनाउन आग्रह गरे । धनका माध्यमबाट मानिसका मनोकांक्षा पूूर्ण हुने जानकारी गराए । तर, युुधिष्ठिर शासन व्यवस्थामा नर्फकने अवस्थामा देखिए । आफन्तको मृत्युु र रगतले भरिएको सत्ता मलाई उपयोगी देखिँदैन भन्ने तर्कलाई युुधिष्ठिरले सदा स्वीकार गरे । उनको मार्ग मूलतः वानप्रस्थी हुने अवस्थामा पुुगेको देखिन्छ । वानप्रस्थपछि सन्यासको मार्गलाई युुधिष्ठिरले स्वीकार गरेको प्रतीत हुन्छ । शासनप्रतिको विश्वास मनमा जागेको भए पनि उनमा पलाएको जीवनप्रतिको आस्था सदा जीवन्त बनेर रहेको देखियो । वानप्रस्थी बन्ने तर शासक नबन्ने उनको अभिलाषालाई उनका माहिला भाइ भीमसेनले सम्झाउने प्रयासमा रहेका छन् ।
आज हामी पूर्णरूपमा यान्त्रिक युुगमा छौं । यन्त्रका माध्यमबाट संसारका सबै कुराको जानकारी पाइरहेका छौं । आजको सत्ता महाभारतकालीन हुन सक्दैन । युुुधिष्ठिरको जस्तो वितृष्णा शासकमा आउन पनि सक्दैन । सत्ताको बाग्डोर सदा मेरो हातमा रहनुुपर्छ भन्ने मान्यतामा विश्व राजनीति गतिशील बनेको छ ।
विषाद किन ?
संसार आफैंमा चलायमान छ । यसको निरन्तरता जीवन रहेसम्म र जीवनको समाप्तिपछि पनि रहने हो । जीवनप्रतिको निराशाले मानिसलाई मृत्युुका मुुखमा लैजान्छ र आत्महत्यामा सरिक गराउँछ । संसार र भोगप्रतिको निराशाले मानिसलाई जोगी बन्न बाध्य बनाएको हुुन्छ । यही नै जीवनको सत्य र नियति पनि हो । यही नियतिसित पैठाजोरी खेल्नुु मानिसको गुण पनि । यदि दाजुुको यही आशय थियो भने
आलस्ये कृतचित्तस्य राजधर्मानसूूयतः
विनाशे धार्तराष्ट्राणां किं फल. भरतर्षभ ।।
यदि राजधर्मको यही निन्दा गर्नु थियो हजुरले भने किन युुद्धमा उपस्थित हुनुभयो । धृृतराष्ट्रका छोराहरूको विनाशको फल के त ? हामीले दाजुु भएका नाताले हजुरका सबै आज्ञालाई शिरोधार्य गरेर पालन गरेका छौं । कुनै पनि आज्ञाको अपहेलना भएको छैन । पहिले नै म यो राजभोग र राज्यसत्ताको लिप्सामा पर्दिन भनेको भए यो अवस्था नै आउने थिएन । मानिस कर्मप्रति विश्वास गर्ने प्राणी हो । उसका कर्मले उसलाई सबल बनाएको हुुन्छ । तर हजुरले हामीलाई युुद्धभूूमिमा समर्पित गराएर आफूू भाग्ने प्रयास गर्नु अनुुचित हो भन्ने तर्कलाई भीमसेनले उठाएका छन् । पारिवारिक युुद्धमा हामीलाई होम्ने र राज्यप्राप्तिपछि भाग्न खोज्ने हजुुरको प्रवृत्ति गलत हो भन्ने सन्दर्भलाई भीमसेन भन्छन् :
यदीमां भवतो बुुद्धिं विद्याम वयमीदृशीम्
शूस्त्रं नैव ग्रहीस्यामो न वधिष्याम कंचन ।।
यदि हजुुरको यो किसिमको विचार पहिले नै थियो भने हामीलाई युुद्धमा किन होम्नुुभयो । हजुरको वानप्रस्थी जीवन नै अभिलाषा थियो भने हामीले कुनै पनि अवस्थामा हतियार उठाउने थिएनौ र आफ्ना र आफन्तसित युुद्ध गर्ने नै थिएनौँ । हजुरको यो अवस्था वा वानप्रस्थी नै बन्ने मनसाय थियो भने त्यो युुद्ध, नरसंहार र रगतको खोलोको औचित्य के ? हामी हजुरप्रति नै पूर्णरूपमा समर्पित थियौँ र छौं पनि । हिजो युुद्धका लागि प्रेरित गर्ने र आज युुद्धबाट प्राप्त भएको सत्ताप्रति वितृष्णा जाग्नुु पक्कै पनि उपयोगी होइन भन्ने तर्कलाई भीमसेनले गतिलो तरिकाले राखेका छन् ।
युुधिष्ठिरको विषाद अर्जुुनको जस्तो होइन । अर्जुुन युुद्धको मैदानबाट भाग्न खोजेका थिए । युुधिष्ठिर सत्ता र सत्ताभोगको मैदानबाट भाग्न खोजेका छन् । सत्ता सबै हो भन्ने पक्षमा नउभिएर केही होइनको पक्षमा दृढतापूूर्वक उभिएका छन् । भीमसेनशासनको बाग्डोर सम्हाल्न नसक्ने वा नखोज्ने युधिष्ठिरलाई कायरका रूपमा घोषणा गर्न पछि पदैनन् ।
वयं हि बाहुुबलिनः कृतविद्या मनस्विनः
क्लीबस्य वाक्ये तिष्ठामो यथैवाशक्तयस्तथा ।
हामीहरू बाहुुबलमा सम्पन्न, अस्त्रशस्त्रमा निपुुण, उच्च विचारले सजिएका छौं तर पनि एउटा असमर्थ र कायर दाजुुको आज्ञामा रहेका छौं । भीमसेनको यो उक्ति युुधिष्ठिरका लागि सहृय नहुन पनि सक्छ । भीमले उनलाई कायर भने । आज्ञा मान्न बाध्य भयौं भने । डरपोक मानिसका पछि लागियो पनि भने । उनको भनाइ धर्मराज युुधिष्ठिरप्रति थिएन । युुद्धबाट प्राप्त भएको राज्यलाई त्यागेर वानप्रस्थी बन्छुु भन्ने युुधिष्ठिरप्रति केन्द्रित थियो ।
सन्यासलाई सनातन परम्पराले चौथो आश्रमका रूपमा मानेको छ । यदि सन्यास नै ग्रहण गर्ने हो भने जीवनको उत्तरार्धलाई मानिएको छ । तर युुधिष्ठिरको सन्यास त युुद्धबाट प्राप्त वितृष्णा हो । सत्ता सञ्चालनप्रतिको असहमति हो । यो असहमतिलाई उनका कुनै पनि भाइले स्वीकार गरेका छैनन । भीमसेनको तर्क शासन सञ्चालनबाट भाग्न खोज्ने दाजुुप्रतिको हो ।
क्षात्रधर्म राज्य सञ्चालन र शासन व्यवस्थाको गतिलो उदाहरण प्रस्तुत गरेर जीवनलाई गति दिनुमा छ । देश र देशका जनताको सुुख सुुविधा र राष्ट्रको विकासमा हामी समर्पित हुनुमा छ । हामी नै शासन गर्नबाट भाग्यौं भने यो हस्तिनापुरको अवस्था के हुने त्यो विचार किन नआएको भन्दै प्रश्न गरेका छन् भीमले । सन्यास सबै होइन । सन्यासमा तपाईं केन्द्रित हुनुुलाई भीम उदाहरणसहति प्रस्तुत गर्दै भन्छन् :
यदि संन्यासतः सिद्धिं राजा कश्चिदवाप्नुयात्
पर्वताश्च द्रुमाश्चैव क्षिप्रं सिद्धिमवाप्नुयुुः ।।
कुनै शासक वनवासी बनेर सन्यासबाट सिद्धि प्राप्त गर्ने हो भने त पर्वत र बृक्षले समेत छिटो नै सिद्धि प्राप्त गर्ने थिए । भीम हाम्रो दायित्व र कर्तव्य राज्य सञ्चालनको हो सत्ताबाट बाहिरिनुु र भाग्नु होइन भन्ने पक्षमा दृढतापूूर्वक उभिएका छन् ।
यो शासक वर्गका लागि सबल तर्क हो भीमसेनको । शासकले शासन गतिलो तरिकाले चलाउने र राष्ट्रको उत्तरोत्तर प्रगतिमा लाग्नुु उपयोगी मानिन्छ । सत्तासित भाग्ने शासक असल मनिँदैन । जीवनलाई र शासन व्यवस्थालाई सदा जनहितमा समर्पित गर्ने प्रवृत्ति शासनमा देखियो भने मात्र त्यसको औचित्य पुुष्टि हुन्छ भन्ने तर्कलाई भीमसेनले बताएका छन् ।
चाकरी र चाप्लुुसीका भरमा नियुुक्ति हुुने प्रवृत्तिले नेपालका सबै संस्था धरापमा परेका छन् । योग्यता र क्षमताको कदर यो देशका शासकले गर्न सकेनन् । दिनप्रतिदिन राजनीतिप्रति वितृष्णा जाग्न थालेको छ । सबैले आफूलाई नै अब्बल दर्जाका ठानेका छन् ।
आजको सत्ता :
आज हामी पूर्णरूपमा यान्त्रिक युुगमा छौं । यन्त्रका माध्यमबाट संसारका सबै कुराको जानकारी पाइरहेका छौं । आजको सत्ता महाभारतकालीन हुन सक्दैन । युुुधिष्ठिरको जस्तो वितृष्णा शासकमा आउन पनि सक्दैन । सत्ताको बाग्डोर सदा मेरो हातमा रहनुुपर्छ भन्ने मान्यतामा विश्व राजनीति गतिशील बनेको छ । आजको समाज विकसित छ । आजको युुवापुुस्ता गतिशील छ । आजका वृद्धवृद्धा धेरैजसो आफन्तबाट तिरस्कृत छन् । आजको समाजका सामाजिक मान्यता क्षतविक्षत छन् । मानिसका हरेक कर्म स्वप्निल उडानमा उडेका छन् । उडानले आकाश छुुन सकेन भने नराम्रो बाटो रोज्न बाध्य छ आजको समाज र समाजको मानिस पनि ।
शासकीय व्यवस्थामा सुुधार देखिएको छ । व्यवस्थाका हरेक कोणलाई मानिसले हेरिरहेको छ । व्यवस्थामा कुनै किसिमको अवरोधलाई मानिसले स्वीकार गर्न सकेको छैन । संसार गतिमय बनेको छ । हामी नेपालीले पनि शासन व्यवस्थामा धेरै परिवर्तन गरिसकेका छौँ । परिवर्तनका साथै हाम्रा मनोकाङ्क्षा पनि परिवर्तनको सूूचीमा परेका छन् । देश र देशको उन्नतिमा सरिक हुने युवापुस्ता पलायनको भारी बोकेर बाहिरिएको छ । आमाबुुबाका सपना र आफ्ना सन्ताका इच्छालाई पूूर्ण गर्नु उसको जीवनको बाध्यता बनेको छ । देशमा भएका सबै युुवा आफूलाई राजनीतिको चाणक्य सम्झेर बसिरहेका छन् ।
चाकरी र चाप्लुुसीका भरमा नियुुक्ति हुुने प्रवृत्तिले नेपालका सबै संस्था धरापमा परेका छन् । योग्यता र क्षमताको कदर यो देशका शासकले गर्न सकेनन् । दिनप्रतिदिन राजनीतिप्रति वितृष्णा जाग्न थालेको छ । सबैले आफूलाई नै अब्बल दर्जाका ठानेका छन् । राजनीतिकर्मी शासनको रसमा डुबेको छ । गाउँको जेठो, कान्छो अरबको खाडीमा छ । सम्पन्न परिवारका छोराछोरी यो देशमा आफ्नो भविष्य देख्दैन र १२ को परीक्षा नदिँदै पासपोर्टका लागि निवदेन दिन धाइरहेको छ ।
उमेरले नेटो काटे पनि सत्ता लिप्सामा नेपालका सबै नेताहरू संलग्न छन् । हे राजनीतिकर्मी हो ! सोच, जनमानसका चाहना बुुझ र युुधिष्ठिरको जस्तो वानप्रस्थी बन । सत्ता आफू केन्द्रित नबाएर देश केन्द्रित बनाउन सिक । आफूलाई सर्वोपरि नठान । युवालाई शासनको बाग्डोर दिएर विश्राममा जाऊ ।
हाे, अाजकाे युग यान्त्रिक छ तर नालायक शासक फेर्न हामी किन सक्दैनाै भने हामी पनि बेला छँदै मान्छेकाे नियत बुझ्न या बाेध गर्नसक्दैनाै भीमसेन अर्जुन या अन्य कुनै भाइजस्तै बाेधान्धताले जकडिएका छाैं ।संसार चाैडा छ गणेशजी ! तपाईंजस्तै बाेद्धा सबै भए संसारविविधताले भरिने थिएन ।विधिकाे विधान पनि रहने थिएन अनि त न तपाईंकाे लेख आउँथ्याे न त मैले पढ्न पाउथें ।शस्त्र शूस्त्र भएर नै रहने थियाे ।पाैरस्त्यजगत्का प्राचीनदृष्टिलाई केलाउँदै जानाेस् र त्यसलाई सङ्कलन गरेर सम्पादनगरी पुस्तक प्रकाशन गरे गिदीबाेसेले पनि पढेर आफ्नाछातीमा आफैं हात राख्ने अवसरलाभ गर्ने थिए