नेपाल दोस्रो खेलमा पनि पराजित

ओलम्पिक यात्रा समाप्त

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल अन्तर्गत एशियाली छनोट खेलमा नेपाल भियतनामसँगका दुई खेलमा पराजित हुँदै बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको दोस्रो खेलमा नेपाल भियतनामसँग २-० गोलले पराजित हुँदै छनोट हुन असफल भएको हो । यस जितसँगै भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ । फिफा वरियताको ३३ औं स्थानमा रहेको बलियो भियतनामसँग पहिलो खेलमा ५-१ ले पराजित भएको नेपाल दोस्रो खेलमा पनि स्तब्ध हुन पुगेको हो । घरेलु मैदानमा आयोजना भएको खेलमा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भयो ।

शुरुवात १० मिनेटमा नै २ गोलले पछि परेको नेपालले पहिलो हाफको अन्त्यतिर केही राम्रो प्रदर्शन गर्दैै खेलमा फर्किने संकेत देखाएपनि असफल रह्यो । पहिलो हाफमा २-० को अग्रता लिने क्रममा भियतनामकी फाम हायी यनले गरेकी हुन् । खेलको छैठौं मिनेटमा यनको गोलमार्फत भियतनामले अग्रता लिएको थियो ।

नेपाली टोलीको रक्षा पंक्तिले किलियर गर्न नसकेको बललाई यनले जाली चुमाउन सफल भएकी थिइन् । त्यसको एक मिनेटपछि नै यनले टोलीको अग्रता दोब्बर बनाइन् । ट्रान थि ठु थाओको क्रसमा तीन नेपाली रक्षहरुकोको बीचबाट आकर्षक शैलिमा बललाई नियन्त्रणमा राख्दै उत्कृष्ट गोल गरिन् । २३ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीको प्रहार भियतनामकी गोलरक्षक खोंग थि हांगले जोगाइन् । ३९ औं मिनेटमा सावित्रा वान भर्सेस वान अवस्थामा चुकिन् ।

पहिलो हाफमा २-० ले पछि परेको नेपालले खेलमा फर्किन निकै संघर्ष गरे पनि अन्तर घटाउन असफल रह्यो । घरेलु टोलीबिरुद्ध सहज जित निकालेको भियतनाम लागातारको सफलतापछि दोस्रो चरणमा प्रवेश गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?