अर्थमन्त्रीद्वारा निजी क्षेत्रसँग बजेट सुझाव माग

Read Time = 3 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान अर्थतन्त्र थप गतिशील तुल्याउन आफू प्रतिबद्ध रहेको भन्दैै वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल कायम गरेर अघि बढ्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल-जर्मन उद्योग वाणिज्य संघको २९औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आर्थिक क्षेत्रमा सकारात्मक वातावरण सिर्जना गर्न निजी क्षेत्रसँगको सहकार्यमा त्यस्तो वातावरण बनाउन सकिने अर्थमन्त्रीको भनाइ थियो ।

मौद्रिक नीति र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अहिलेका आर्थिक समस्या समाधानका निम्ति केन्द्रीय बैंकसँग मिलेर काम गर्ने जानकारी गराउँदै उहाँले व्यावसायिक क्षेत्रले ब्याजका कारण भोग्नुपरेका कठिनाइ अन्त्य गर्ने प्रयासमा आफू लागिपरेको बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटका लागि बुँदागतरूपमा अर्थ मन्त्रालयलाई सुझाव दिन पनि उहाँले निजी क्षेत्रसँग आग्रह गर्नुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवद्र्धनमा निजी क्षेत्रलाई सरकारी सहयोग आवश्यक रहेको बताउनुभयो । संघका अध्यक्ष अनुपबहादुर मल्लले निर्यात तथा व्यापार प्रवद्र्धन केन्द्र एक्लैले देशको निर्यात व्यापार प्रवद्र्धन गर्न नसक्ने भन्दै गलैंचा तथा ऊन विकास केन्द्रजस्ता विगतमा अस्तित्वमा रहेका उत्पादनमूलक, निर्यातमूलक उद्योगको व्यवस्थापन एवं प्रवद्र्धनका लागि छुट्टै निकाय स्थापनामा जोड दिनुभयो ।

साथै संघको बैठकले सन्तोष कुँवरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । नवगठित कार्यसमितिमा उत्तम भट्टराई, नरेशलाल श्रेष्ठ, विप्लवमान सिंह, राजुबाबु श्रेष्ठलगायत रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?