इक्यानको आपत्ति

Read Time = 2 mins

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ को विषयप्रति नेपाल शैक्षिक परामर्श संघ(इक्यान)ले आपत्ति प्रकट गरेको छ । विदेश अध्ययनका लागि आवश्यक अनुमतिपत्र नो अब्जेक्सन लेटर(एनओसी) प्राप्त गर्न जारी निर्देशिकामार्फत् सरकारले कडाइ गरेपछि इक्यानले आपत्ति जनाएको हो ।

इक्यानका कार्यवाहक अध्यक्ष देवीदास भट्टराईको अध्यक्षतामा बसेको सल्लाहकार तथा पदाधिकारीको बैठकले निर्देशिकामा भएका केही प्रावधान सच्याउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

निर्देशिकाले विदेश पढ्न जाने विद्यार्थी संख्या बढ्दै जाँदा अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटहीलगायत प्रक्रियामा कडाइ गरेको भन्दै इक्यानले निर्देशिकापत्र सच्याउन माग गरेको छ । एनओसी सबैका लागि सर्वसुलभ हुनुपर्ने, शिक्षा नागरिकको अधिकार भएकोले संसारमा जहाँ गएर भए पनि पढ्न पाउनुपर्ने इक्यानको माग छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकै बेला गत फागुन १८ गते निर्देशिका स्वीकृत भएको थियो । निर्देशिका आगामी वैशाखदेखि लागू हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?