बुद्धको नियमित उडानबाट प्रधानमन्त्री धनगढी प्रस्थान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध एयरको नियमित उडानमार्फत धनगढी प्रस्थान गर्नुभएको छ ।

सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गर्नुभएको हो। हेलिकप्टर चार्टर गर्दा धेरै खर्च हुने भएकाले नियमित उडानमार्फत प्रचण्ड धनगढी प्रस्थान गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।

उहाँ आजै काठमाडौं फर्कने कार्यक्रम छ । उहाँ बिहान पौने ९ बजे धनगढी प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री बिहान बुद्ध एअरको उडान नम्बर एचबीएचए २५१ बाट धनगढी गएर बेलुकी श्री एअरलान्सको उडान नम्बर एसएचए २२६ बाट काठमाडौं फर्कनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?