प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ।

आज विहान एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको निवासमै उनीहरुबीच भेटवार्ता भएको हो । सुदुरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन महेन्द्रनगर जाने क्रममा गोदावरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमै पुगेर प्रधानमन्त्रीले भेटवार्ता गर्नुभएकाे हाे ।

सो क्रममा भट्टले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्डसहितको टोलीले भट्ट निवासमा खाजा समेत खाएको छ । भट्टको सचिवालयले यसलाई परिवारिक भेट भनेको छ । भट्टले माओवादी नेता एवं प्रचण्डको कोर टिममा रहेर काम गर्नुभएकाे थियाे । नेकपाको विभाजनपछि भट्ट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएर एमालेमा नै बस्नुभएकाे थियाे ।

सचिव भट्टले प्रधानमन्त्री दाहाललाई चिया निम्तो दिएको र त्यसलाई स्वीकार गरी अत्तरियास्थित भट्टको घरमा गएर उहाँसँग भेटवार्ता गरेको दाहालको सचिवालयले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?