विद्युत प्राधिकरण स्याङ्जाले महसुल नतिर्ने ५३३ को काट्यो लाइन, ४० लाखभन्दा बढी राजस्व सङ्कलन

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । नेपाल विद्युत प्राधिकरण स्याङ्जा वितरण केन्द्रले ‘विद्युत सुरक्षा दिवस २०७९’ आइतबार बिहान प्रभातफेरि लगायतका जनचेतनामूलक कार्यक्रमहरु गरेर मनाएको छ । ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, संवृद्धिको लागि विद्युतको सदुपयोग गरौं’ भन्ने मुल नाराका साथ कार्यालयका कर्मचारीहरुसहित प्रभातफेरि कार्यक्रम आयोजना गरेको हो ।

बिहान ८ बजेबाट पुतलीबजार ३ बाडखोलास्थित प्राधिकरणको कार्यालयबाट प्रारम्भ भएको प्रभात फेरी कालिमाटी, बाडखोला चोक, मझुवा हुँदै पुनः कार्यालयमा पुगेर सम्पन्न भएको थियो ।

विद्युत सुरक्षा दिवसका सन्दर्भमा स्याङ्जा वितरण केन्द्रले जनचेतनामूलक प्लेकार्डसहित प्रभातफेरि कार्यक्रम गर्नुका साथै विद्युतीय सुरक्षाका उपकरणहरु प्रदर्शनी एवम् प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको नेपाल विद्युत प्राधिकरण स्याङ्जा वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताउनुभयो ।

स्याङ्जा वितरण केन्द्रले विद्युतीय सुरक्षाका सम्बन्धमा विभिन्न अन्तरक्रिया समेत सम्पन्न गरेको प्रमुख बरालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले विद्युत चुहावट नियन्त्रणका क्षेत्रमा उल्लेख्य काम गरेका छौं । कालोसूचीमा परेका उपभोक्ताहरुबाट बाँकी बक्यौता असुल गर्ने काममा प्रगति भएको छ ।’

स्याङ्जा वितरण केन्द्रले चालु आर्थिक वर्षमा विद्युत महसुल नतिर्ने ५३३ उपभोक्ताहरुको लाइन काटेको वितरण केन्द्रका प्रशासन प्रमुख तथा सूचना अधिकारी देशभक्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जाम मिटर बदली कार्य र एचटी तथा एसटी लाइन स्तरोन्नतिमा यस कार्यालयले उल्लेख्य प्रगति गरेको छ ।

विद्युत वितरण केन्द्र स्याङ्जामा आर्थिक वर्ष २०७८।०७९ को असार मसान्तसम्मको औषत विद्युत चुहावट प्रतिशत १२.६७ छ भने चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको औसत विद्युत चुहावट घटेर ९.२९ प्रतिशत भएको कार्यालयका सहायक इन्जिनियर डिलबहादुर आलेले बताउनुभयो ।

विद्युत प्राधिकरण स्याङ्जाले महसुल नतिर्ने ५३३ उपभोक्ताहरुको लाइन काटे पश्चात् पुनः जडानबाट रु. ४० लाख ३३ हजार ४७२ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?