ओटीटी प्लेटफर्ममा ‘प्रेमगञ्ज’

Read Time = 1 min

काठमाडौं । सिनेमाघरमा आइसकेको चलचित्र ‘प्रेमगञ्ज’ अब ओटीटी प्लेटफर्ममा आउने भएको । चलचित्रलाई नयाँ वर्षको अवसरमा सिनेमा घर एपमा वैशाख १ गतेदेखि हेर्न पाइने भएका हो ।

‘फेरि भेट होला नहोला’ बोलको गीत सार्वजनिक गर्दै निर्माण टिमले हलमा हेर्न नपाएका दर्शकलाई लक्षित गरी चलचित्र रिलिज गर्न लागेको जानकारी गराएको हो । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको चलचित्रले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्छ ।

तेज गिरी र बेनिशा हमालको शीर्ष भूमिकामा रहेको यो चलचित्रमा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराईलगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त चलचित्रमा अतिथि भूमिकामा हुनुहुन्छ । चलचित्र चौतारीले निर्माण गरेको यो चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुनुहुन्छ । चलचित्रमा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?