अडिओ रेकर्डबारे अध्ययन गर्न संसदीय समिति गठन गर्न कांग्रेसको माग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको भन्ने टेलिफोन संवादको सार्वजनिक अडिओ रेकर्डबारे अध्ययन गर्न संसदीय समिति गठन गर्न माग गरिएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद धनराज गुरुङले उक्त अडिओमा कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएको भन्दै यसबारे अध्ययन र छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्नुभएको हो ।

‘उक्त टेलिफोन संवादमा कोर टिमलाई दुई करोड बुझाउनुपर्ने बताइएको छ । त्यो कोर टिम भनेको को हो रु यसबारे छानबिन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि आजकै बैठकले संसदीय समिति गठन गरियोस् ।’

साथै उहाँले नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहबारे पनि छानबिन गर्नुपर्ने बताउनु भयो । यस कार्यमा जो सुकै भए पनि कारबाही गर्नुपर्ने उहाँको माग छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?