भोजपुरको दिङ्लामा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । छैटौँ संस्करणअन्तर्गत भोजपुरको उत्तरी क्षेत्र दिङ्लामा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रदेशस्तरीय प्रतियोगितामा ‘ए’ डिभिजनतर्फ आठ टिम सहभागी भएका छन् भने ‘बी’ डिभिजनतर्फ ३१ टिम सहभागी छन् भने प्रतियोगिता आज (मंगलबार) सम्म सञ्चालन हुनेछ । विगतदेखि सञ्चालन हुँदै आएको प्रतियोगिताअन्तर्गत यस वर्षदेखि दुई डिभिजनको प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । सिनियर तथा ‘ए’ डिभिजन र ‘बी’ डिभिजन गरी दुई समूहमा प्रतियोगिता सञ्चालन भएको आयोजक दिङ्ला ब्याडमिन्टन संघले जनाएको छ ।

आयोजकका अनुसार ‘ए’ डिभिजनतर्फ प्रथम हुने जोडीले ४० हजार नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने जोडीले २५ हजार नगद, मेडल र प्रमाणपत्र र सेमिफाइनलमा पुगेका दुई टिमले १०/१० हजार नगद पाउनेछन् । त्यस्तै, ‘बी’ डिभिजनतर्फ प्रथम स्थान हासिल गर्ने जोडीले २५ हजार नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने जोडीले १५ हजार नगद, मेडल र प्रमाणपत्र तथा सेमिफाइनलका दुई टिमले सात हजार ५७५ रुपैयाँ नगद पाउनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ ।

प्रतियोगिताको पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभएको थियो । प्रदेश सरकार र षडानन्द नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको ब्याडमिन्टन कभर्डहलको पनि राईले उद्घाटन गर्नुभयो । षडानन्द नगरपालिका र वडा नम्बर–४ ले प्रतियोगिताका लागि सहयोग गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?