नेपालले ओमानसँग अभ्यास खेल खेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालले ओमानसँग अभ्यास खेल खेल्ने भएको छ । एसिसी प्रिमियर कपअघि नेपालले ओमानसँग घरेलु मैदानमा अभ्यास खेल खेल्ने भएको हो । ओमानले गरेको प्रस्ताव नेपालले स्वीकारेको हो । ओमानले नेपालसँग वैशाख २ (अप्रिल १५) मा अभ्यास खेल खेल्ने जनाएको छ । त्यसअघि चैत ३० (अप्रिल १३ मा) मा ओमानले बहराइनसँग पनि अभ्यास खेल खेल्नेछ ।

प्रिमियर लिगका लागि यसअघि नै नेपालले २१ सदस्य टोली घोषणा गर्दै बन्द प्रशिक्षणमा राखेको छ । एसिसी प्रिमियर कप १८ अप्रिलदेखि १ मेसम्म टियु र मूलपानी मैदानमा हुनेछ । समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् ।

समूह ‘बी’ मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहरान छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । ओमान पहिलोपटक एसिया कप खेल्ने सोचमा छ ।

प्रिमियर कपमा नेपालले वैशाख ९ गते ओमानसँग खेल्दै उद्घाटन गर्नेछ । टियु मैदानमा ओडिआई मान्यता खेल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?