गायनमा राजेश बर्देवा

Read Time = 2 mins

काठमाडौं । गायन क्षेत्रमा आफूलाई अग्रस्थानमा राख्दै आफ्ना प्रस्तुतिमार्फत श्रोता/दर्शकको मन जित्न सफल नाम हो राजेश बर्देवा । तीन दर्जनभन्दा धेरै गीतमा स्वर दिनुभएका राजेशले फरक-फरक विधाका गीतमा स्वर दिनुभएको छ । ‘तिमी चाहिन्छ’ बोलको लोकदोहोरी गीतमा पूर्णकला विसीसँग गाउनुभएको उहाँले ‘गितार बजाइदेउ’, ‘मायाजालमा पार्‍यो मायाले’, ‘फल मीठो’, ‘मत सानु विरानो गाउँको हो’, ‘डोको चोँयाको’ जस्ता गीतमार्फता तारिफ बटुल्न सफल हुनुहुन्छ ।

यस्तै ‘सुन मेरा फ्यान्स’, ‘आज पानी नपरे हुन्थ्यो’, ‘आयो दशैँ-तिहार’, ‘कान्छीलाई पट्यायो झिल्के ले’, ‘नाच मुइया घुम्ती निर’, ‘सिसाको ऐना’, ‘आइफोन सेभेन’लगायत अन्य थुप्रै लोकदोहोरी र पर्व गीतमा उहाँले स्वर दिनुभएको छ । लोक दोहोरीमात्र नभएर लोक पप गीतमा पनि बर्देवाले स्वर दिनुभएको छ । ‘पहिला पहिला’, ‘अर्काकी बुढी राम्री लाग्नी’, ‘आहा साइली’लगायत अन्य गीतमा उहाँले स्वर दिनुभएको ।

गायकमात्र नभएर उहाँले थुप्रै गीतमा संगीत तथा संगीत संयोजन पनि गर्नुभएको छ । बहुप्रतिभाषाली कलाकार बर्देवा विभिन्न कार्यक्रमको उद्घोषकका रूपमा पनि देखिनुहुन्छ । काठमाडौंमा आयोजना हुने विभिन्न अवार्ड तथा कार्यक्रममा उहाँलाई सञ्चालकको रूपमा देखिन्छ । यस्तै, विभिन्न मेला महोत्सवमा उहाँको पुग्ने गर्नुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?