यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ८९ पैसा र बिक्री दर १४५ रूपैयाँ ५५ पैसा रहेको छ। हिजो अमेरिकी डलर एकको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रुपैयाँमा तथा युरोपियन युरो एकको खरिद दर १४४.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.३० रुपैयाँमा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ८९ पैसा र बिक्री दर १६९ रूपैयाँ ६६ पैसामा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९७ पैसामा कारोबार गर्न सकिनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसामा खरिदबिक्री भइरहदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर १० रूपैयाँ ३४ पैसामा कारोबार गर्न सकिने छ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.० रुपैयाँ र बिक्री दर ३५.१६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २९.१२ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२५ रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४२७.४९ पैसा विक्रीदर ४२९.४५ पैसामा खरिदबिक्री गर्न सकिने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?