कोरोना संक्रमणबाट आज पनि एक जनाको मृत्यु, थप १२१ जनामा संक्रमण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस  संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको हो।

यसअघि मंगलबार पनि एक जनाको मृत्यु भएको थियो । बुधबार एक जना संक्रमितले ज्यान गुमाएसँगै मृतकको संख्या १२ हजार २२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १२१ जनाको कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ जना र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ। पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?