रास्वपाद्वारा ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ ।

आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको हो ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समितिले श्रेष्ठको साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको हो ।

उत्ता श्रेष्ठले भने अडियो आफूलाई फसाउन र पार्टीलाई उपनिर्वाचन हराउन ल्याइएको सुनयोजित षडयन्त्र भन्दै आउनु भएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको दाबी गर्नुभएको हो ।

उहाँले जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको दाबी गर्नुभएको थियो । उहाँले आफू यसबिरुद्ध न्यायालय पुगेर न्यायबाट सफाइ पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?