चेल्सीमाथि रियलको सहज जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २–० गोल अन्तरले हराएको छ ।

बुधबार राति भएको खेलमा मड्रिडले चेल्सीलाई २-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा रियलको जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले एक एक गोल गरे । खेलको २१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५९ औं मिनेटमा चेल्सी १० खेलाडीमा समेटियो । डिफेन्डर बेन चिलवेलले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको हो ।

त्यसपछि खेलको ७४ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २-० को जित दिलाए । अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल १९ मा हुनेछ । जुन खेल चेल्सीको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?