काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले बैशाख नौं गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ ।
शुक्रबार काठमाडाैँको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख नौं गते अर्थात् २२ अप्रिलका दिन केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापी रुपमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनु भयो ।
बैठकले आ-आफ्नो अनुकूल हुने गरी त्यस अवसरमा देशव्यापी रुपमा कार्यक्रम गर्न पनि मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।
प्रवक्ता खतिवडाले भन्नु भयो, ‘बैठकले आगामी बैशाख नौं गते अर्थात अप्रिल २२ को दिन देशव्यापी रुपमा पार्टी स्थापना दिवस २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना हुँदा २२ अप्रिलको दिन भएको थियो । कम्युनिष्ट पार्टीको स्थापना दिवस बनाउने भन्ने हाम्रो पार्टीले निर्णय गरेको छ । काठमाडौंमा एउटा केन्द्रिय कार्यक्रम हुँदैछ । प्रत्येक प्रदेश र जिल्लाहरुमा आ–आफ्नो अनुकूलता अनुसार उनीहरुले आफ्नो कार्यक्रम गर्नेछन । देशव्यापी रुपमा यो कार्यक्रम गर्नका निम्ति पार्टीले निर्देशित गरेको छ ।’
बैठकले पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको छ । न्यौपानेले पार्टी परित्याग गरेकाले उहाँको नाम पार्टी अभिलेखबाट हटाउने निर्णय गरिएको पनि प्रवक्ता खतिवडाले बताउनु भयो । उहाँले पार्टीको नीति र भावनाविरुद्ध केन्द्रिय कमिटीमा फरक मत राखेकाले सो विषयमा छलफल हुन नसकेको पनि स्पष्ट पार्नु भयो ।
प्रवक्ता खतिवडाले भन्नु भयो, ‘मुकुन्द न्यौपाने हाम्रो पार्टी छोडेर जानु भएको छ । उहाँको नाम हाम्रो पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेका छौं । उहाँले पार्टीमाथि लगाएको आरोप खण्डन गर्न पनि लायक छैन । त्यसकारण हामी त्यो आरोपतिर जान चाहँदैनौं । उहाँले पार्टी बैठकमा प्रस्तुत गरेको विषयमा पार्टीमा एक जनाले पनि साथ दिनु भएको थिएन । उहाँको प्रस्ताव विल्कुल गलत थियो । पार्टीको नीति र भावनाको विरुद्धमा थियो । त्यसकारण त्यो प्रस्ताव छलफल गर्न लायक थिएन । छलफल भएन ।’
सो पार्टी परित्याग गरेका न्यौपानेलगायतका नेताहरु नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर एमाले प्रवेश गर्ने तयारीमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच