विश्व प्रसिद्ध फिल्लीक्याफे नेपालमा

Read Time = 3 mins

काठमाडौं । फिल्लीक्याफे नेपाल एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालिसँगको सहकार्यमा काठमाडौंमा पनि सञ्चालनमा ल्याइएको छ । सञ्चालक नवीन खड्का र धु्र्रव रिजालले काठमाडौंको लाजिम्पाटमा फिल्लीक्याफे नेपाल आउटलेट सञ्चालनमा ल्याउनुभएको हो । आगामी पाँच वर्षभित्र नेपालमा २५ नयाँ आउटलेट खोल्ने तयारी रहेको सञ्चालकद्वयले बताएका छन् ।

सञ्चालकका अनुसार फिल्लीक्याफे युएई, ओमान, कतार, अमेरिका, युके, भारत र मौरिससमा व्यापक उपस्थितिसाथ विश्वभर एक प्रसिद्ध र प्रिय ब्राण्डका रूपमा स्थापित छ । अब यो समृद्ध सांस्कृतिक सम्पदा र बढ्दो चिया संस्कृतिको देश नेपालमा पनि विस्तार हुँदैछ । काठमाडौंका क्याफेहरूले स्थानीय स्वाद र अन्तर्राष्ट्रिय परिकारको अद्वितीय मिश्रण प्रदान गर्छन् । फिल्लीक्याफे यस मिश्रणमा आफ्नै विशेष छाप थप्न पनि उत्साहित रहेको छ ।

फिल्लीक्याफेमा चिया अर्गानिकरूपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा बनाइन्छ । फिल्लीक्याफेका संस्थापक रफिहफिल्लीले भन्नुभयो, ‘हामी काठमाडौंमा फिल्लीक्याफेको अनुभव ल्याउन पाउँदा हर्षित छौँ, हाम्रा क्याफेहरू जीवन्त ठाउँका लागि डिजाइन गरिएका छन्, जहाँ मानिसहरू एकसाथ भेला हुन सक्छन् र उनीहरूको व्यस्त दिनको बीचमा आरामले चिया गफ गर्न सक्छन् ।’

काठमाडौंमा स्टारबक्स वा कोस्टा कफीजस्ता कुनै पनि अन्तर्राष्ट्रिय चेन छैनन्, जसले फिल्लीक्याफेलाई शहरको रोमाञ्चक गन्तव्यका रूपमा स्थापित गराउने लक्ष्य पनि लिएको छ । चिया तथा हल्का खाजा सेवा प्रदान गर्ने फास्टफुड क्याफेको बढ्दो संस्कृति पर्यटक र स्थानीय बीचमा यो विश्वव्यापी चेन बन्न अग्रसररूपमा अघि बढिरहेको छ । क्याफेले आइस्ड चाइ, मिल्कशेक, मकटेल, वन कबाब, स्याण्डविच, फुडल, मोमोज र थप कुरा समावेश गर्ने विभिन्न प्रकारका खाजा र पेय पदार्थ पनि उपलब्ध गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?