भारतमा सुरक्षा घेरामै पूर्व सांसद र उनका भाइको विभत्स हत्या

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेश प्रहरीले पूर्वसांसद अतीक र उनका भाइको हत्या भएको पुष्टि गरेको छ ।

बयानका लागि प्रयागराज ल्याइएका दुवैको मेडिकल जाँच गराउन अस्पताल लैजाने क्रममा अकस्मात हमला भएर हत्या गरिएको हो ।

अस्पताल नजिकै प्रहरीले घेरिएका अतीक र असरफमाथि पत्रकार भनी आक्रमणकारीले नजिकबाट गोली हानेका थिए र उनीहरुको मृत्युपछि धार्मिक नारा लगाएका थिए ।

प्रहरी हिरासतमा रहेका उनीहरुको हत्या भएको भारतीय सञ्चारमाध्यमले पनि पुष्टी गरेका छन् । विधायक राजू पालको हत्या आरोपमा दुवै जना प्रहरी हिरासतमा थिए ।

बिहीवार यूपी पुलिसले अतीक अहमदका छोरा असद र उनका साथी गुलामलाई इन्काउन्टरमा मारेको थियो ।

यी घटनाक्रमले शान्ति सुरक्षामा खलल पुग्ने देखेपछि प्रदेश सरकारले उत्तर प्रदेशभर धारा १४४ लागू गरेको छ ।

घटनामा स्रंलग्न तीन आक्रमणकारी पक्राउ परेका छन् । यसैबीच, मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई लिएर उच्चस्तरीय बैठक बोलाएका छन् र यस विषयमा उच्चस्तरीय छानबिनको आदेश दिएका छन् ।

घटनाको छानबिन गर्न तीन सदस्यीय न्यायिक आयोग पनि गठन गरिएको बीबीसीले लेखेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?