सोलार फार्मले सेयर जारी गर्ने

Read Time = 2 mins

काठमाडौं । सोलार फार्म लिमिटेडले २० करोड बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका २० लाख कित्ता सेयर जारी गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी तथा सर्वसाधारणमा सेयर निष्कासन गर्न कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा सोलार फार्मतर्फबाट सञ्चालक समिति अध्यक्ष आशबहादुर गुरुङ (मोहन) तथा कुमारी क्यापिटलतर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको छ ।

सोलार फार्मको अधिकृत पुँजी ६५ करोड रुपैयाँ, जारी पुँजी ६५ करोड रुपैयाँ र चुक्ता पुँजी ४५ करोड रुपैयाँ रहेको छ । नेपालको पहिलो सोलारबाट विद्युत् उत्पादन गर्ने संस्थाका रूपमा सन् २०१७ मा स्थापित सोलार फार्मले पाँच मेगावाटको सोलारबाट २०२१ सेप्टेम्बर १४ देखि व्यावसायिक उत्पादन गर्दै आएको छ । आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका ५ बेल चौतारामा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?