प्रहरीले गर्यो १५ रोपनीमा लगाइएको गाँजा नष्ट

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । भोजपुरको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकामा प्रहरीले गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरीको टोलीले करिव १५ रोपनी क्षेत्रको गाँजा नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक केशव प्रसाद कोइरालाको नेतृत्वमा ग्रामीण क्षेत्रको गस्तीका लागि हिडेको टोलीले पाखा बारी तथा जग्गाहरुमा लगाईएको गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

प्रहरीले जिल्ला तहमा संचालन गरि रहेको गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत गाँजा फडानी गरी नष्ट गरिएको छ । प्रहरीले बिगतमा पनि यो अभियान सञ्चालन गर्दे आई रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?