उद्योग वाणिज्य महासंघमा साना व्यवसायीहरुको प्रतिनिधित्व बढाउनेगरी काम गर्छुः अध्यक्ष ढकाल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गर्नुभएको छ ।

आईतवार टेकुस्थित महासंघको केन्द्रिय कार्यालयमा अध्यक्ष पदको पदबहाली ग्रहण गर्नुभएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा रहनुभएका ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष हुनुभएको हो । ढकालले गत बिहीवार निःर्वतमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

ढकालले गत बिहीवार नै पद तथा गोपनियताको शपथ लिनु भएपनि आईतवार मात्रै अध्यक्षको पदबहाली गर्नुभएको हो । अध्यक्ष ढकालले सानो व्यवसायीले पनि महासंघको नेतृत्व गर्नसक्छ भन्ने उदारण आफैँ भएको बताउनु भयो । उहाँले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रुपमा काम गर्दा सफल हुने बताउनु भयो । अध्यक्ष ढकालले सानो व्यवसाय पनि इमान्दारिताकासाथ काम गर्दै जाँदा सानो व्यवसायीले पनि महासंघमा पुग्नसक्ने बताउनु भयो ।

उहाँले कतिपय व्यवसायीहरुलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने चिन्तामा रहेको भन्दै आफू सानो व्यवसायबाट नेतृत्वमा आएकाले सानो व्यवसायीहरुको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले महासंघको नेतृत्वमा रहँदासम्म ५ काम गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो लगानीको वातावरण बनाउन पहल गर्ने बताउनु भयो ।

उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन नसकिने भन्दै सरोकारवाला पक्षहरु सरकार,नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने बताउनु भयो । उहाँले सरकार र निजी क्षेत्रबीच साझेदारी गर्‍यो भने मात्रै व्यवसायिक गतिविधिहरु बढ्ने भन्दै सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाल सरकार र दातृनियकासँग समन्वय गरी मुलुक भित्र र वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई दक्ष बनाउने काम गर्ने बताउनु भयो । उहाँले पछिल्लो समय नागरिक र सरकारले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै व्यवसायीलाई हर्ने दृष्टिकोण सकारात्मक बनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुकमा वर्तमान अवस्था देखिएको आर्थिक संकट छ । अर्थतन्त्रको समस्याको समाधान कसरी गर्ने कसरी संकट बाहिर आउने विषयमा सरकारसँग सहकार्य गरेर समाधान गर्ने पहल गर्छु । उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन सकिँदैन तबसम्म व्यवसायिक गतिविधिहरु बढ्न सक्दैनन् । त्यसैले सरोकारवाल पक्षहरु सरकार,नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने तयारी छ । सरकार र नीजी क्षेत्रबीच साझेदारी गर्‍यो भने मात्रै व्यवसायिक गतिविधिहरु बढ्छ । सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउन महासंघको अध्यक्षको हैसियतले पहल गर्नेछु । नेपालमा प्रत्येक वर्ष ५ लाख जनशक्ति बाहिर आइरहेको छ । त्यो जनशक्ति मध्ये धेरै वैदेशिक रोजगारीको लागि जाने गरेको छ । नेपालमा धेरै जनशक्तिको खाँचो छ तर नेपालमा दक्ष जनशक्ति तयार हुन सकेको छैन । वैदेशिक रोजगारीमा जाँदा पनि अर्धजनशक्तिका रुपमा वैदेशिक रोजगारीमा जाने गरेको छ । महासंघले नेपालमा बस्ने र बाहिर जाने जनशक्तिलाई लगानीकर्ता तथा सरकारसँग सहकार्य गरेर दक्ष बनाउनेछु । निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोण छ । त्यो दृष्टिकोण परिवर्तन गर्नेछु । मैले पहिलो दिन उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी लिदैँगर्दा के लागेको छ भन्दा म एउटा गाउँबाट आएको सानो व्यवसायी,व्यवसाय नै नभएको शुन्य व्यवसाय भएको व्यक्ति पनि नेपालभरका व्यवसायीहरुको छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुनसक्ने रहेछ भन्ने लागेको छ । जसले इमान्दारीताका साथ नागरिकको पक्षमा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसाय बनाउन सक्यो भने स्वभाविक रुपमा सानो व्यवसायले पनि महासंघको नेतृत्व लिनसक्छ भन्ने म आफैँ उदाहरण छु । कतिपय व्यवसायीहरुलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने लागको छ । तर म सानो व्यवसायीहरुको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्नेछु ।’

त्यस्तै महासंघका निःवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गरेका ५ प्रतिवद्धतामा साथ दिएर अगाडि बढ्ने प्रविद्धता जनाउनु भयो । गोल्छाले अध्यक्ष ढकालले महासंघको नेतृत्व लिँदै गर्दा लिएका उद्देश्य पूरा गर्न सबैभन्दा नजिकको सहयोग बनेर सहयोग गर्ने बताउनु भयो । उहाँले अनुभवी र सानो व्यवसायबाट ठूलो व्यवसायीक समूहमा पुगेको अनुभवले महासंघलाई नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले महासंघका आएको नयाँ टिमले अब देशको अर्थतन्त्र कसरी माथि लैजाने भनेर काम गर्ने विश्वास रहेको बताउनु भयो । उहाँले ढकालको नेतृत्वको टिम महासंघमा सफल हुने पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?