पिएसजीको सहज जित

Read Time = 3 mins

पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्त लिग वानमा दोस्रो स्थानमा रहेको लेन्समाथि ३-१ को सहज जित हात पारेको छ । पिएसजीको जितमा एमबाप्पेसँगै लियोनल मेस्सी र भिटिन्हाले एक-एक गोल गर्नुभयो । लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल फर्काउनुभयो ।

३१औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाउनुभयो । ३७औँ मिनेटमा भिटिन्हाले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पार्नुभयो । ४०औँ मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पिएसजीलाई पहिलो हाफमा ३-० को अग्रता दिलाउनुभयो ।
६०औँ मिनेटमा प्रजेमिस्लाव फ्रान्कोस्कीले पेनाल्टीमा गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याउनुभयो । यस जितसँगै पिएसजीले शीर्षस्थानमा नौ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको ३१ खेलबाट ७२ अंक पुगेको छ । पराजित लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ ।

यता, स्पेनिस ला लिगामा रियल म्याड्रिडले क्याडिजलाई २-० ले पराजित गरेको छ । रियलको जितमा नाचो फर्नान्डेस र मार्काे एसेन्सियोले गोल गर्नुभयो । ७२औँ मिनेटमा नाचोले गोल गर्दै रियललाई १-० को अग्रता दिलाउनुभयो । त्यसको चार मिनेटपछि मार्काे एसेन्सियोले फेडरिको भाल्भेर्डेको पासमा गोल गर्दै रियललाई जित दिलाउनुभयो ।

यस जितसँगै रियलले बार्सिलोनासँगको अंक दूरी १० मा छोट्याएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७२ अंक रहँदा रियलको ६२ अंक छ । पराजित क्याडिज ३१ अंक जोडेर १५औँ स्थानमा छ ।

जर्मन बुण्डेसलिगामा भने बायर्न म्युनिख र बोरुसिया डर्टमुण्ड १-१ गोलको बराबरीमा रोकिएका छन् । बायर्नका बेन्जामिन पाभार्डले गोल गर्दा होफेनहाइनका एण्डरेन क्रामारिचले बराबरी गोल फर्काउनुभयो । डर्टमुण्डको पनि बराबरीसँगै बायर्न आफ्नो शीर्षतालाई दुई अंकमा राख्न सफल भएको छ । बायर्नको २८ खेलबाट ५९ तथा डर्टमुण्डको ५७ अंक छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?