हङकङमा रुबिनाको टोली तेस्रो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हङकङमा जारी फेयरब्रेक आमन्त्रण क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री आबद्ध बार्मी आर्मी तेस्रो भएको छ । कुलन क्रिकेट क्लब हङकङमा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा आर्मीले स्प्रिटलाई २२ रनले पराजित गरेको हो ।

आर्मीले दिएको १४८ रनको लक्ष्य पछ्याएको स्प्रिटले २० ओभरमा ६ विकेट गुमाएर १२५ रनमात्र बनायो । स्प्रिटका लागि केरी ऐनी टोमलिनसनले ४० बलमा सर्वाधिक ३३ रन बनाउनुभयो । यस्तै, ओपनर सारा ब्राइस र गार्गी भोग्लेले समान २५/२५ रन बनाउनुभयो ।

यश्मिनी दाश्वानी १२ बलमा २५ बनाउँदै अविजित पारी खेल्नुभयो । आर्मीका लागि लौरी कारडोसोले २ तथा रुमना अहमदले १ विकेट लिनुभयो । आर्मीका लागि रुबिना क्षेत्रीले कुनै विकेट नलिए पनि ३ ओभरमा मात्र १२ रन खर्चिनुभयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ४ विकेट गुमाएर १४७ रन बनाएको थियो । आर्मीका लागि दिरेन्द्र डोट्इनले ३८ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७५ रन बनाउनुभयो । त्यसबाहेक कविशा इगोडागे २४ तथा किनु गिल १५ रनमा अविजित रहनुभयो । स्प्रिटका लागि महिका गौर, गार्गी भोग्ले र नट्थाकन चान्थमले समान १/१ विकेट लिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?