प्रिमियर कपका लागि नेपाली टोली घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालले एसिसी प्रिमियर कप खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । प्रशिक्षक मोन्टी देसाईले रोहित पौडेलको कप्तानीमा १४ खेलाडी र चार रिजर्भ खेलाडीसहितको टोली घोषणा गर्नुभएको हो ।

एसिसी प्रिमियर कप मंगलबारदेखि टियु र मूलपानीमा सुरु हुँदैछ । १० टोली सहभागी प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ । समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मूलपानीमा खेल्नेछ ।

नेपालको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी हुनुहुन्छ । यस्तै, वैकल्पिक खेलाडीहरूमा अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो हुनुहुन्छ ।

एसिसी प्रिमियर कप मंगलबारदेखि सुरु हुँदैछ । १० टोली सहभागी प्रतियोगिताको नेपाल र ओमान एउटै समूहमा छन् । समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । फाइनल पुग्ने टोलीले एसिया कपमा खेल्नेछ ।

एसिसी प्रिमियर कपमा नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग, तेस्रो खेल साउदी अरेवियासँग वैशाख ११ गते खेल्नेछ । नेपालले वैशाख १४ मा कतारसँग टियुमा खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?