बलात्कार आरोपमा दुईजना पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिवास नगरपालिका-५ बस्ने २९ वर्षीय कुल बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

कुल बहादुरले ती किशोरीलाई झापा मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारस्थित होटलमा गत चैत ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिबसताक्षी नगरपालिका-३ भोटेपुल बस्ने ६३ वर्षीय बलराम कामीलाई  प्रहरीले पक्राउ गरेको छ । कामीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?