मेरो भ्वाइस युनिभर्सको फिल्ड अडिसन दमकमा

Read Time = 2 mins

काठमाडौं । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड नेपालका विभिन्न शहरमा जारी छ । सोही क्रममा दमक अडिसन फागुन २० र २१ गते इट्टाभट्टास्थित सरस्वती माध्यमिक विद्यालयमा र काठमाडौं अडिसन फागुन २७ र २८ गते ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा हुने आयोजकले जनाएको छ ।

अडिसन प्रतियोगीले आफ्नो उमेर खुल्ने परिचयपत्र लिएर आउनुपर्ने र फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुन पाउने बताइएको छ । डिजिटल अडिसनमा सहभागी प्रतियोगीले पनि अनिवार्यरूपमा फिल्ड अडिसनमा सहभागिता जनाउनुपर्नेछ । फाउण्डेसनले नेपालबाहेक म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरोपेली मुलुकबाट पनि नेपाली भाषीको बृहत् सहभागिताको अपेक्षा गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?