स्रष्टाहरूद्वारा धान रोपाइँ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सखी प्रतिष्ठानले प्रत्येक वर्ष स्रष्टाहरूका लागि धान रोपाइँको कार्यक्रमको आयोजना गर्दै आएकोमा यस वर्ष पनि सम्पन्न गरेको छ ।

सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिलको संयोजनमा आयोजना गरिएको धान रोपाइँमा सखी प्रतिष्ठानका प्रमुख सल्लाहकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुली, समाजसेवी सिर्जना रानी बस्नेत बर्मा, साहित्यकार भगवती बस्नेत, जितेन्द्र रसिक, कमला रिसाल, सरिता सापकोटा, नीशा रिमाल, स्मृति डंगोललगायत स्थानीयहरूको सहभागिता थियो ।

सो अवसरमा स्रष्टाहरूले कृषि योग्य जमिनलाई प्लटिङ नगर्न र काठमाडौं उपत्यकालाई कंक्रिटको जंगल नबनाउन आग्रह गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?