धादिङमा रगतको अभाव

फाइल तस्बिर

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । पछिल्लो समय धादिङमा रगतको चरम अभाव हुन थालेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङद्वारा संचालित रक्तसंचार सेवा केन्द्र धादिङमा रगत संकलन नहुँदा रगत अभाव भएको हो । रक्तदानका कार्यक्रमहरु नहुँदा रगत संकलन हुन नसकेका पछि धादिङका विरामीहरुलाई समस्या उत्पन्न भएको नेपाल रेडक्रस सोसाईटी धादिङका कोषाध्यक्ष तथा स्वास्थ्य संयोजक नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

महिनामा ७ भन्दा बढी रक्तदान कार्यक्रम हुँदै आएको थियो, जिल्लामा बढी भएको रगत काठमाडौं लगायतका जिल्लाहरुमा समेत पठाउने गर्दथ्यौं, तर पछिल्ला २ महिना देखि जिल्लामा आशा गरिए अनुरुप रक्तदान कार्यक्रमहरु नहुँदा रगतको चरम अभाव भएको रेडक्रस धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो । रक्तदान नहुँदा अहिले धादिङ जिल्ला जिल्लामा रगत आवश्यक पर्ने बिरामीहरू निकै मारमा परेका छन् । रगतको अभाव खड्किएपछि सामाजिक सञ्जालमा रगत आवश्यकता भन्दै माग गर्न थालिएको छ ।

केही समय अघिसम्म जिल्लामा बढी भएको रगत काठमाडौं लगायतका जिल्लाहरुमा समेत पठाउने गरेको भन्दै उहाँले रगत अभावकै कारण विरामीलाई डिस्चार्ज गर्नुपर्ने अवस्था समेत आएको छ । उहाँले जिल्लाका सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको भन्दै जिल्लाका १३ वटै पालिका, बिभिन्न सरकारी निकाय विद्यालय, क्याम्पस, संघ संस्था तथा सहकारीहरुले आफ्नो क्यालेण्डरमै रक्तदान कार्यक्रमको तालिका बनाएर रक्तदानको कार्यक्रम नगरे धादिङमा देखिएको रगत अभावको समाधान गर्न नसकिने श्रेष्ठको भनाई छ ।

रक्तदान कमी हुनुमा बैदेशिक रोजगारले चुनौती थपिएको बताउनुभयो । १२ पास गरेका युवा युवतीहरु,नियमित रक्तदाताहरु विदेश पलायन हुदाँ रक्तदानका कार्यक्रम हुदाँ पनि नियमित रक्तदाता नहुँदा रगत संकलन हुन नसकेको बताउनुभयो । श्रेष्ठका अनुसार अहिले धादिङ अस्पतालमा दैनिक ५ देखी ७ पिन्ट र महिना को १५० भन्दा बढि पिन्ट रगत खपत हुदैँ आएको छ । रेडक्रस धादिङका कोषाध्यक्ष तथा स्वास्थ्य संयोजक श्रेष्ठले जिल्लामा रक्तदान कार्यक्रमको अभियान चलाउँदै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?