कागतीको रिफ्रेसिङ स्वादमा नयाँ स्प्राइट

Read Time = 2 mins

काठमाडौं । लाइम-लेमन पेयपदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ । नयाँ स्वादको स्प्राइट एक हिस्साका रूपमा कोका-कोला नेपालले नयाँ टेलिभिजन विज्ञापन लन्च गरेको छ, जसमा स्प्राइटको ब्रान्ड एम्बेसडर अनमोल केसीलाई छायांकन गरिएको छ । गर्मीले थकित अनमोल केसी घर फर्किएसँगै विज्ञापन सुरु हुन्छ । घर पुग्नेबित्तिकै केसी भान्सा कोठामा जानुहुन्छ र चिसो स्प्राइटको चुस्की लिँदै तुरुन्तै रिफ्रेस हुनुहुन्छ ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो, ‘कागतीको रिफ्रेसिङ स्वाद भएको नयाँ स्प्राइट लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हामीलाई विश्वास छ कि नेपाली उपभोक्ताले नयाँ स्वादको नयाँ स्प्राइट लेमन मन पराइदिनुहुनेछ ।’ स्प्राइट नेपालले आफ्ना पारखीका लागि थुप्रै सरप्राइज पनि तयार पारेको छ ।

नयाँ स्प्राइट उपभोक्ताको मागअनुसार विभिन्न साइज र बोतलमा उपलब्ध छ । ग्लास बोतलमा स्प्राइट एक सय ७५ मिली तथा दुई सय ५० मिली र पेट बोतलमा दुई सय ५० मिली, पाँच सय मिली, एक लिटर, १.५ लिटर, २.२५ लिटरको प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?