मलेसियामाथि नेपालको सहज जित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । घरेलु मैदानमा मंगलबारदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकाल्दै विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

मलेसियाले जितका लागि दिएको २३६ रनको चुनौती नेपालले ३६ दशमलब दुई ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७१ रनको योगदान दिनुभयो । उहाँले ९८ बल खेल्दै पाँच चौका प्रहार गर्नुभयो ।

त्यस्तै, कुशल मल्लले ४० बलमा पाँच छक्का र पाँच चौका प्रहार गर्दै अविजित ७० रन बनाउनुभयो । साथै कप्तान रोहित पौडेलले ४२, कुशल भुर्तेलले ३८ तथा दीपेन्द्र सिंह ऐरीले अविजित पाँच रन जोड्नुभयो ।

बलिङतर्फ मलेसियाका मोहम्मद वाफिक, रिजवान हैदर, विजयी उन्नी र विरनदीप सिहंले समान एक-एक विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रनको योगफल बनायो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिनुभयो । ९५ बल खेल्नुभएका उहाँले आठ चौका र एक छक्का प्रहार गर्नुभयो । त्यस्तै, विरन्दीप सिंहले ४६ रन बनाउनुभयो भने मोहम्मद आमिरले १७ रन जोड्नुभयो ।

त्यस्तै, खिजार हृयायातले २२ तथा सैजरुल इद्रुसले २१ रन बनाउनुभयो । विजय उन्नीले १२ रन जोड्नुभयो भने सायद अजिज १३ रन बनाउनुभयो ।

बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिँदा ललितनारायण राजवंशी दुई तथा गुल्सन झाले एक विकेट झार्नुभयो । यस जितसँगै समूह ‘ए’ मा रहेको घरेलु टोली नेपालले दुई अंक जोडेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउद अरेविया छन् ।

त्यस्तै, समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई) हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएई र कुवेतबीच खेल हुनेछ भने मूलपानीमा ओमान र कतार आमनेसामने हुनेछन् । खेलमा युवा अलराउण्डर कुशल मल्ल प्लेयर अफ द म्याच चुनिनुभयो ।

आक्रामक ब्याटिङ गर्दै कुशलले २८ बलमा अर्धशतक पूरा गर्नुभएको थियो । चौथो विकेटका लागि कुशल मल्लले भीम सार्कीसँग ११२ रनको सानदार शतकीय साझेदारी गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
मावली आएका युवाले गरे ७२ वर्षीया हजुरआमाको हत्या प्राकृतिक विपत्तिका मृतकको सम्झनामा गोल्डेन सुनगाभा स्कुलमा शोकसभा बालसुधार गृहका किशोरलाई मनोसामाजिक सचेतना राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न निर्देशन भोटेकोशी बाढीका मृतकप्रति अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा काठमाडौँमा दीप प्रज्ज्वलन [तस्वीरहरु] कांग्रेस महामन्त्री घिमिरेलाई प्रश्न : अद्यावधिक नभएका सदस्यलाई १५औँ महाधिवेशनमा सहभागी गराउने… बाढीमा ज्यान गुमाएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीमा १,३५६ जनाको मृत्यु, अझै ४,९९४ जना सम्पर्कविहीन एनपिएलको टिकट बिक्री अधिकार इसेवालाई, ८५ लाखमा सम्झौता