काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकि भू–भागहरूको मौसम समान्यतया सफा रहेको छ।
दिउँसो देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका केही भू–भागहरूमा तुवाँलोको संभावना रहेको छ ।
राति भने देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
साथै नेपालमा वर्षाका गतिविधि कम भएसँगै डढेलोका घटनाहरू बढेको कारणले उपत्यकालगायत देशका धेरै भू–भागहरूमा तुवाँलोको संभावना रहेको छ र यसबाट वायु प्रदुषणमा वृद्दि भईरहेको देखिन्छ। त्यसैले मेघगर्जन, चट्याङ, हावाहुरी, डढेलो र प्रदुषणबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच