एसिया यु-२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न नेपाल असफल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यु-२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ । दशरथ रंगशालामा शनिबारदेखि सुरु भएको एसिया रग्बी सेभेन्समा नेपालको यु-२० पुरुष टोलीले समूहको तीन खेलमा हार बेहोरेपछि सेमिफाइनलमा पुग्न असफल भएको हो । नेपालको पुरुष टोली समूह ‘बी’ मा परेको थियो ।

शनिबार समूहका तीनै खेलमा नेपाल पराजित हुन पुग्यो । पहिलो खेलमा भारतसँग २८-० ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि मलेसियासँग ४४-० ले स्तब्ध भयो । फाइनलमा पुग्ने लक्ष्य राखेको नेपालको लगातार दोस्रो हारसँगै सेमिफाइनलमा नै पुग्ने आशा सकिएको हो ।

समूहको अन्तिम खेलमा पनि नेपाल हङकङसँग ३६-० ले हार बेहोर्‍यो । अब नेपालले पाँचौं स्थानका लागि आज (आइतबार) उज्बेकिस्तासँग खेल्नेछ । आइतबार हुने सेमिफाइनलमा चाइनिज ताइपेईले मलेसिया र थाइल्यान्डले हङकङसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?