सिद्धान्तविहीन राजनीतिक यात्राले कहाँ पुर्‍याउला !

डा. डीआर उपाध्याय
Read Time = 13 mins

वर्तमान सरकारप्रति जनतामा असन्तुष्टि बढेर गएको छ । सरकारले जनतामा आशा जगाउन सकेन । यो ठूलो भूल हो । भोलि जनताले असन्तुष्टिको स्वर सडकमा पोखे भने ठूलो समस्या उत्पन्न हुन सक्ने खतरा छ । सरकारले जनतालाई केन्द्र बिन्दुमा राखेर काम गर्नुपर्दथ्यो तर सकेन । सरकार कछुवाको गतिमा हिँडिरहेको छ । यसरी गन्तव्यमा पुग्न सकिँदैन । अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको महत्वपूर्ण सहयोगमा सरकारको नेतृत्व गरिरहेका छन् । तर, पनि उनले जनताको अपेक्षा बमोजिम काम गर्न सकेका छैनन् ।

देश र जनताको मुक्तिका लागि ज्यान दिन तयार भन्दै सशस्त्र विद्रोह ‘जनयुद्ध’ गरेका र यसबाट मुक्ति नपाएका दाहालले शान्तिपूर्ण राजनीतिक मूलधार रोजे र थुप्रै अवसर पाएर पनि जनताको पक्षमा सिन्कोसमेत भाँच्न सकिरहेका छैनन् । दाहालले छोरी बनाए, ज्वाइँ बनाए, बुहारी बनाए, आफन्त बनाए, आफ्ना वरिपरिका आसेपासेहरूको जिन्दगी बनाए तर देश र जनताको भविष्य बनाउन सकेनन् । अब यिनीबाट थप आस जनताले नगरे पनि हुन्छ । देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्नेमा तेस्रो दललाई सरकारको नेतृत्व दिएर जनमतको अपमान भएको कुरा सबैलाई अवगत नै छ ।

नेपालको राजनीति अहिले पनि सही ढंगले चल्न सकेको छैन । जबसम्म देशको राजनीति सही ढंगले चल्न सक्दैन तबसम्म देश र जनताले दुःख पाइरहने अवस्था बनिरहन्छ । आज पनि हिजो जस्तै बाहिरी शक्तिले देश चलाइरहेका छन् । यो नै नेपाली राजनीतिको दुःखद् पक्ष हो । हाम्रा नेताहरूले विदेशी सामु लम्पसार परेर भिख माग्नुको परिणाम हो यो । नेपाली जनता स्वाभिमान भएर बाँच्न चाहन्छन् । कसैको दास भएर बाँच्न चाहँदैनन् । त्यसका लागि सही राजनीति वातावरण निर्माण हुन जरुरी छ । वर्तमान सरकार सकसपूर्ण तरिकाले निर्माण भएको हो । यो सरकार सामु धेरै चुनौतीका पहाड खडा छन् । ती पहाडहरूलाई छिचोल्दै प्रधानमन्त्री दाहाल अघि बढ्नुपर्ने हुन्छ । अब सुस्त गतिले हिँडेर कतै पुगिने अवस्था छैन । सुस्त गतिको हिँडाइले बीच बाटामै अड्किने हो । अरू केही हुँदैन । आज देशको आर्थिक क्षेत्र सबै डामाडोल अवस्थामा छ । आर्थिक क्षेत्र बलियो नभए देशको विकास हुँदैन । आज नेपालमा मात्रै होइन, विश्वव्यापी रूपमा आर्थिक मन्दी छ । अमेरिका, युरोपजस्ता देशको आर्थिक नीति खल्बलिन लागेको छ । नेपालको आर्थिक नीतिलाई सबल र सक्षम बनाउनु सरकारको पहिलो कर्तव्य हो । त्यसलाई जग हाल्ने काममा सरकार लाग्नुपर्छ ।

राजनीतिक दलहरू र तिनका नेताहरूले राजनीतिक स्थिरताको अनुभूति अहिलेसम्म गराउन सकेका छैनन् । नेताहरू व्यक्तिगत स्वार्थमा रुमल्लिए । देश र जनताको पक्षमा केही सोचेनन् । जसले गर्दा हामीमाथि उठ्न सकेनौं । राजनीतिक पार्टी र तिनका नेताहरू इमानदार बन्न जरुरी छ ।

राजनीतिक दलहरू र तिनका नेताहरूले राजनीतिक स्थिरताको अनुभूति अहिलेसम्म गराउन सकेका छैनन् । नेताहरू वास्तवमै व्यक्तिगत स्वार्थमा रुमल्लिए । देश र जनताको पक्षमा केही सोचेनन् । जसले गर्दा हामी माथि उठ्न सकेनौं । यद्यपि राजनीतिक पार्टी र तिनका नेताहरू इमानदार बन्न जरुरी छ । त्यस्तो अहिलेसम्म देखिएको छैन । आज हाम्रो देशमा पहिलो पार्टीको राष्ट्रपति, दोस्रो पार्टीको सभामुख, तेस्रो पार्टीको प्रधानमन्त्री बनेका छन् । सबै आ-आफ्नो स्वार्थमा हिँडिरहेका छन् ।
अहिले एमाले लगायतका केही दलहरू सरकार बाहिर छन् । दलहरूले राजनीतिक स्थिरताको अनुभूति अहिलेसम्म गराउन सकेका छैनन् । साना कुरामा जनतालाई सुशासनको अनुभूति दिन सकिएन भने जनताले राहतको अनुभव गर्न सक्दैनन् । जनता आश्वस्त हुने वातावरण जुन रूपमा हुनुपर्ने, भएको छैन । हामीले त्यो वातावरण बनाउनुपर्छ । यही सरकारले अस्थिर राजनीतिको अन्त्य गर्नुपर्छ । मुलुकलाई समृद्ध र सबैको साझा बनाउनेतर्फ लाग्नुपर्छ । संविधानको कार्यान्वयनमा जानुपर्छ । नियम कानुन र संविधानभन्दा माथि कोही हुँदैन भन्ने अनुभूति जनतालाई दिलाउनुपर्छ । पुराना पार्टीहरू अब सिच्चिनुपर्छ । यदि उनीहरू नसच्चिए आफैं सकिन्छन् । अहिले मुलुकमा अस्थिरता देखिएको छ । यो खतराको संकेत हो । राजनीतिक दलहरूमा सिद्धान्त हराउँदै गएको छ । यसले दलहरूलाई माथि लादैन । नीति, नियम, सिद्धान्त र कानुनलाई सबैले मान्नुपर्छ । त्यसो भयो भनेमात्र अनुशासनमा बसिन्छ । निर्वाचनको परिणाम नै राजनीतिक अस्थिरता निम्त्याउने खालको आयो । त्यसो भएर राजनीतिमा उथलपुथल आउने संकेत देखिन्छ । कमजोर पार्टीहरूले सरकार बनाएका छन् । यसले देशमा ठूलो राजनीतिक दुर्घटना निम्तन सक्ने खतरा छ । त्यसैले दलहरू अब बेलैमा सच्चिएर अघि बढ्न सक्नुपर्छ ।

आज देशको राजनीति बढो अप्ठ्यारो अवस्थामा छ । बाहृय सम्बन्धले पनि बदलिँदो विश्व सम्बन्धमा अप्ठ्यारो स्थिति उत्पन्न भइरहेको छ । भूराजनीति पनि अप्ठ्यारोमै छ । आर्थिक रूपमा पनि संकटकै अवस्थामा छौं । संकटहरूले घेरिएका छौं । देश बनाउने त सबैको सहयोगबाट हो । एक्लै त बन्दैन । देश पूरापूर आत्मनिर्भर बन्नुपर्छ । नेतृत्वमा पुग्नेले सही नेतृत्व गर्नुपर्छ । मुलुकमा पार्टीहरूले राम्रोसँग काम गर्न सकेनन् । पार्टीहरूभित्रै गुट-उपगुट बनिरहे । गुट-उपगुटको राजनीतिले मुलुक थिलथिलो बनेको छ । खासमा पार्टीहरूले आफूलाई सच्याउनुपर्ने हो तर उनीहरूले आफूलाई सच्याउन सकेनन् । राजनीति गर्ने पार्टीहरूले नै हो । अरू आएर गर्ने होइन । हामी लोकतन्त्रवादी शक्तिहरू सबै मिलेर बहुदलीय प्रजातन्त्रलाई नै बलियो बनाउने हो । आर्थिक समृद्धि ल्याउने कुरामा दलहरू गम्भीर बन्न जरुरी छ । देशमा सुशासन स्थापना भएन भने देशको विकास सम्भव छैन । सबैले कानुनको शासनलाई पालना गर्नुपर्छ । सबैभन्दा ठूला दुई पार्टी नेकपा एमाले र नेपाली कांग्रेस मिलेर अघि बढ्दामात्र लोकतन्त्र बलियो हुन्छ । यी दुई पार्टी मिल्नुको विकल्प छैन । अब मुलुकलाई अप्ठ्यारोमा छोड्नु हुँदैन । सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्छ । युवा नेता अग्रसर हुनुपर्छ । यस्तै कर्मचारीतन्त्रले पनि सही ढंगले काम गरेर देखाउनुपर्छ ।

आज सक्षम युवा विदेश पलायन छन् । राम्रो जनशक्ति देशमा नभएपछि देशको विकास कसरी हुन्छ ? युवाले विदेशबाट पैसा पठाएर मुलुकको अर्थतन्त्र जेनतेन चलेको छ तर यसले दीर्घकालीन फाइदा गर्दैन । युवालाई स्वदेशमै रोजगार दिनुपर्छ । यो कुरा राज्यले सोच्नुपर्छ ।

सार्वजनिक र निजी क्षेत्रसँग पनि ठूलो जिम्मेवारी छ । निजी क्षेत्रलाई प्रोत्साहन पनि गर्नुपर्छ साथै सुशासन र कानुनी दायराभित्र पनि ल्याउनुपर्छ । सार्वजनिक क्षेत्रहरूमा पनि सहज ढंगले काम गर्नुपर्ने हुन्छ । नेपालमा अनेक क्षेत्रमा सम्भावना धेरै छन् । तिनलाई सदुपयोग गरेर अघि बढनुपर्छ । अब पूरापूर आत्मनिर्भर बन्ने बाटोतर्फ हामी अघि बढ्नुपर्छ । देश बनाउने भनेको सबै मिलेर हो । सबैको सहयोग भएन भने देश बन्दैन । एक्लै देश बन्दैन । नेतृत्वमा पुग्नेले सही नेतृत्व गर्नुपर्छ । गरिबले आफ्नो स्वास्थ्यका निम्ति खर्चिन सकेकै छैनन् । यो र यस्ता पीडा कसले बुझ्ने ? कसले समाधान गर्दिने ? सरकार यी र यस्ता विषयमा किन मौन छ ? अब कुराले मात्र देश बनाउँन सकिँदैन । शिक्षा क्षेत्र महँगो हुँदै गएको छ । गरिबका छोराछोरी निजी स्कुल, कलेजमा पढ्न नसक्ने अवस्थामा पुगेका छन् । कि शिक्षा एकै खालको हुनुपर्छ भन्ने गरिब जनताको माग हो । शिक्षामा विभेद छ ।

आज सक्षम युवा विदेश पलायन छन् । राम्रो जनशक्ति देशमा नभएपछि देशको विकास कसरी हुन्छ ? युवाले विदेशबाट पैसा पठाएर मुलुकको अर्थतन्त्र जेनतेन चलेको छ तर यसले दीर्घकालीन फाइदा गर्दैन । युवालाई स्वदेशमै रोजगार दिनुपर्छ । यो कुरा राज्यले सोच्नुपर्छ । परिवारसँग छुट्टिएर खाडीको तातोमा पसिना चुहाउँदै काम गरिरहेका छन् नेपाली युवाहरू । तिनैले पठाएको पैसाले देश चलेको छ । युवाले कति सहेर बस्ने ? देश कमजोर भएपछि विदेशले हस्तक्षेप गर्छन् यो कुरा बुझ्न जरुरी छ ।

देश बलियो हुनुपर्छ, देश बलियो हुन राजनीति बलियो हुनुपर्छ । यस्तै अवस्थाले त देश चल्दैन । देश महासंकटमा पर्ने अवस्थामा छ । अब सबैले सोच्नुपर्ने बेला आएको छ । अन्यथा भावी पुस्ताले हामीलाई धिक्कार्ने छ । समयमै सबैमा सचेतना आओस् । म, हामी र हाम्रो भन्दामाथि देश राखौं । नयाँ वर्ष २०८० मा यही प्रण गरौं । नुतन वर्षले नेताहरूको दिमागमा सकारात्मक सन्देश प्रभाव गर्न सकोस् । नयाँ वर्ष २०८० को सबैमा हार्दिक मंगलमय शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?